• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरुलाई सम्मान




दाङको घोराहीमा रहेको भिक्टोरियया ट्यूसन सेन्टरले छात्राहरुलाई सम्मान तथा शुभकामना आदानप्रदान गरेको छ ।

आज परेको एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सेन्टरमा अध्ययनरत छात्राहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । कार्यक्रममा सेन्टरका प्रमुख सुमन शर्माको अध्यक्षता एवं वाणिज्य बैंक घोराही शाखाका प्रबन्धक श्रीधर घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख शर्माले नारी हाम्रो समाजका महत्वपुर्ण पहिचान र गहना भएको भन्दै समाजमा नारी प्रतिको नकारात्मक सोच परिवर्तन गर्न आवश्य रहेको बताउनुभएको छ ।

कार्यक्रममा सहभागिले दिवसमा अवसरमा शुभकामना आदानप्रदान गर्नुभएको थियो ।

सेन्टरका कोर्डिनेटर सल्यपाल यादवको स्वागत मन्तव्यबाट सुरभएको कार्यक्रमको सहजिकरण संस्थाका संस्थापक कपिल के.सीले गर्नुभएको थियो ।
समान कामको समान ज्याला पाउनुपर्ने भन्दै सन् १९०८ मार्च ८ का दिन अमेरिकाको न्यूयोर्क शहरको कपडा कारखानामा काम गर्ने महिलाहरुले सुरु गरेको आन्दोलनको संझनामा यो दिवस मनाउने गरिन्छ ।

Facebook Comments