मुसिकोट नगरपालिका ९ मा एकीकृत घुम्ती सेवा अभियान आज देखि कामी गाउँ टोल बिकास सस्थाको हिलदेखि सुरु भएको हो ।
आफ्ना वडा बासिका जनताहरु लाई घरदैलोमा नै पुगी एकीकृत रुपमा सेवा प्रदान गर्ने उधेश्यले यस वडामा सो अभियान सन्चालन गरेको हो ।
सो अभियान बाट आज हिलमा ६२ जना जग्गा धनिहरुले ४०,२७०/ राजश्व बुझाएका छन भने ५५जना बिरामिहरुको निशुल्क चेक जाँच तथा निशुल्क औसधि बितरन गरिको छ भने ५३ घर परिवारका ५५४ ओटा पशुचौपायहरुको निशुल्क औषधि बितरन गर्नुका साथै तीन ओटा बोकाको बन्ध्याकरन समेत गरिएको छ ।
आजको अभियानमा वडा अध्यक्ष नवीन ओली वडा सदस्य नौमा घर्ती वडा सचिब टेक बहादुर रोकाय हेल्थ असिस्टेन डेबिट रावल पसु प्राबिधिक सिबराज महतरा अनिता ओली लगाएतको सहभागिता रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।