• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शान्तिनगरमा जनयुद्धका सहिद तथा बेपत्ता परिवार र घाइतेहरुलाई सम्मान




नेपाल कम्युनिस्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष) शान्तिनगर गाउपालिकाले जनयुद्धका सहिद परिवार, जनयुद्धका घाइते तथा बेपत्ता परिवारका १८ जनालाइ सम्मान गरेको छ ।

सहिद सप्ताहको अवसरमा सम्मान गरिएको हो । नेकपा शान्तिनर गापा अध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षतामा भएको सहिद बेपत्ता तथा घाइते परिवार अभिनन्दन कार्यक्रममा प्रमुख अतिथि नेकपा दाङका नेता तथा संविधानसभा सदस्य कुबेरबहादुर ओलीले सम्मान गर्नुभएको थियो ।

अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै वलीले महान १० बर्षे जनयुद्धले नेपालको सामन्तबादी सत्ता भत्काउन ठूलो र ऐतिहासिक भूमिका रहेको बताउनुभयो । उहाँले जनयुद्ध नेपाली जनताका महान छोराछोरीले बलिदान गरेको र ती महान सहिदहरुको बलिदानलाई कसैले पनि भुल्न नहुने बताउनुभयो ।
त्यसैगरी उहाँले समाजमा क्रान्ति अनिवार्य रहेको औल्याउँदै अझै पनि क्रान्ति र मुक्तिका लागि तयार रहनुपर्ने बताउनुभयो ।

अभिनन्दन कार्यक्रमलाई नेकपा दाङ जिल्ला अध्यक्ष टिकाराम खड्काले जनयुद्धका सहिदहरु कम्युनिष्ट आन्दोलनका पूँजी भएको बताउँदै सहिदहरुको सपनामा कसैलाई पनि खेलवाट गर्ने छुट नभएको बताउनुभयो । आफूहरु सहिदको बलिदानले प्राप्त भएका राजनैतिक उपलब्धिहरुलाइ बचाइराख्न निरन्तर लागिराख्ने पनि उहाँले बताउनुभयो ।

नेकपा शान्तिनगरका सचिवालय सदस्य तथा ७ नम्बर वडा अध्यक्ष पिमलाल ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम संचालन नेकपा शान्तिनगर सचिव गेदलाल भण्डारी ‘गोबिन्द’ले गर्नु भएको थियो ।

Facebook Comments