• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनेरास्ववियू घोराही नगरको प्रथम एकता सम्मेलन, अध्यक्षमा महरा




अनेरास्ववियू घोराही नगर कमिटिको एकताको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले हिमाल महराको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी चयन गरेको छ ।

जसको बरिष्ट उपाध्यक्षमा समीर जंग चन्द, उपाध्यक्षहरुमा सरद पौडेल र मोहन डांगी, सचिबमा बलराम शर्मा, सहसचिब हरुमा लेखराज जिसि, आकाश बिस्वकर्मा र सतिश अर्याल, कोषाध्यक्षमा गोमा योगी रहनु भएको छ ।

अनेरास्ववियू घोराही नगर कमिटिका संयोजक हिमाल महराको अध्यक्षतामा एबम नेकपा लुम्बिनी प्रदेश कार्यालय सदस्य लक्ष्मण आचार्यको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलन लाई सम्बोधन गर्दै प्रमुख आतिथि आचार्यले नेपालको राजनितिक परिवर्तनमा विद्यार्थी आन्दोलनको भुमिका अग्रणी र महत्वपूर्ण रहेको बताउनु भएको थियो ।

उहाले अहिलेको परिवर्तित अबस्थामा राजनितीक भित्र देखिएको बिकृती र बिसंगती सुधार्न बिद्यार्थी राजनितिकको मुल प्रबाहमा आउने पर्ने बताउनु भयो ।

अवको विद्यार्थी संगठन शिक्षा क्षेत्रमा परिवर्तन हुन नसकेको अबस्थामा शैक्षिक मुद्दामा केन्द्रीत भइ शिक्षा प्रणाली र शिक्षा क्षेत्रको सुधारको अग्र मोर्चामा भुमिका केन्द्रीत हुने पर्ने बताउनु भएको थियो । सम्मेलनमा नेकपा दाङ्ग कार्यालय सदस्य शुरामणी बेल्बासे , नेकपा घोराही नगर कमिटी अध्यक्ष गेहेन्द्र बस्नेत, सचिब प्रमोद शर्मा , अनेरास्ववियूका केन्द्रिय सदस्य सन्तोश पोख्रेल , युबा संगठन नेपालका केन्द्रिय सदस्य सरोज पन्त , अनेरास्ववियू दाङ्गका संयोजक जंग रोका , सह संयोजक रबिन्द्र डांगीले सुभकामना मन्तव्य राख्नु भएको थियो । अनेरास्ववियू दाङ्गका जिल्ला कमिटी सदस्य सुनिल बुढा मगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण झकेन्द्र परियारले गर्नु भएको थियो

Facebook Comments