• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनियरिङ कलेजमा सम्पत्ति मूल्यांकन तालिम




राप्ती इञ्जिनियरिङ कलेजमा वि.ई. सिभिल आठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको लागि ३ दिने सम्पत्ति मूल्याङकन तालिम शुरु भएको छ ।

प्रमुख अतिथि घोराही उप–महानगरपालिका सिनियर इञ्जिनियर ई. युवराज पौडेलले आफूमा भएको सीपको प्रयोग गरेर मात्र रोजगारी सृजना गर्न सकिने भएकोले विद्यार्थी आफै अग्रसर भएर मेहनतका साथ लाग्नुपर्ने र प्राविधिक शिक्षा आफैमा संवेदनशील भएकोले ध्यानपूर्वक अध्ययन गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

कलेजका एकेडेमिक कोर्डिनेटर एवं वि ई. सिभिल विभागीय यप्रमुख ई. बाबुराम जोशीले सिकाइ प्रक्रिया निरन्तर चलिरहने हुनाले इच्छुकताका साथ ध्यानपूर्वक सिकाइले मात्र ज्ञान आर्जन गर्न सकिने बताउनुभयो ।

राप्ती इञ्जिनियरिङ कलेजका प्रशासकिय अधिकृत धनेश्वर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता कलेज व्यवस्थापन समिति अध्यक्ष एवं् प्रबन्ध निर्देशक भीमसेन गिरीले गर्नुभएको थियो ।

अध्यक्ष गिरीले यो तालिमबाट विद्यार्थी स्वरोजगार बन्ने र आर्थिक लाभ लिन सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण कलेजमा डाईरेक्टर मधुसुदन बैद्यले गर्नुभएको थियो ।

सम्पत्ति मूल्याङकन तालिमको प्रशिक्षकमा दाङ इञ्जिनियरिङ कन्सल्टेन्सीका इञ्जिनियर विशाल श्रेष्ठ र राप्ती इञ्जिनियरिङ कन्सल्टेन्सीका इञ्जिनियर कविराज चौधरी रहनु भएको छ । तालिममा ई. सुमन डांगी, ई. सुनिल थापा क्षेत्रीलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments