मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएकी विद्यार्थी अमृता आचार्यको परिवारलाई राहत दिन माग गर्दै स्थानीयले घोराही-प्यूठान सडकको नवलपुर खण्डमा सडक बन्द गराएका छन् ।
हिजो सोही स्थानमा मोटरसाइकलले ठक्कर दिदा हिन्दू बिध्यापीठमा कक्षा ८ मा अध्ययनरत आचार्यको निधन भएको थियो । स्थानीयले पीडित परिवारलाई तत्काल ५० हजार किरिया खर्च र केही दिनमा पाँच लाख राहत दिन माग गरेका छन् । चालक पक्षसित सहमति नभएकाले आन्दोलन गर्नुपरेको र यसमा प्रहरी प्रशासनले सहजीकरण गर्नुपर्ने स्थानीयको माग छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।