• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दलित पत्रकार सङ्घ दाङको अध्यक्षमा परियार




राष्ट्रिय दलित आयोग नेपालका अध्यक्ष देबराज विश्वकर्माले दलितहरुको जिवनमा सकारात्मक परिवर्तन ल्याउन शिक्षाको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय दलित पत्रकार संघ दाङको तेस्रो अधिबेशन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई पहिलो प्राथमिकता दिए मात्र समग्र दलित समुदायको उत्थान र विकास हुने बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उहाँले सभ्य समाज निर्माणमा दलित पत्रकारहरुको महत्वपुणर् भुमिका हुने बताउनुभयो । समानता र सम्मानका बिषयमा दलित पत्रकारले निरन्तर कलम चलाउनुपर्ने उहाँको भनाई थियो ।

यसका साथै सुकुम्वासी भुमिहिन तथा दलित भुमिहिनहरुको लागि राज्यले लागू गरेको लालपुर्जा बितरण कार्यक्रम दलित बस्तिमा प्रभावकारी लागू भएको अवस्थाका बिषयमा स्थानीय पालिका सङ्ग जानकारी लिन समेत सरोकारवालालाई आग्रह गर्नूभयो ।

राष्ट्रिय दलित पत्रकार संघ दाङका उपाध्यक्ष लक्ष्मण विश्वकर्माको अध्यक्षता तथा राष्ट्रिय दलित आयोग नेपालका अध्यक्ष देबराज विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । संघका सदस्य वसन्त परियारको स्वागत मन्तव्यवाट सुरु भचएको कार्यक्रमको सहजीकरण गिरिराज नेपालीले गर्नुभएको थियो ।

यस्तै सञ्चार गृहमा आवद्ध दाङका चार जना पत्रकारहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा जनक नेपाली, वसन्त परियार, प्रिया स्मृती गजमेर र तेज बहादुर परियारलाई प्रमाणपत्र सहित सम्मान गरिएको हो । त्यस्तै दलित आन्दोलनमा अग्रणी भुमिका खेलेको भन्दै दलित समुदायका नेता जोगेन्द्र विश्वकर्मा, मान बहादुर विश्वकर्मा, झुपलाल नेपाली,राजु परियारलाई पनि सम्मान गरिएको छ ।

यसैगरी अधिबेशनले बसन्त परियारको अध्यक्षतामा १७ सदस्सीय कार्यसमिती चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा गिरिराज नेपाली, उपाध्यक्षमा प्रिया स्मृती गजमेर, सचिबमा अर्जुन परियार, कोषाध्यक्षमा चन्द्र प्रकाश नेपाली, सहसचिवमा देबका परियार चयन भएका छन ।

यस्तै सदस्यमा तेज बहादुर परियार, हेमराज नेपाली, अस्मिता परियार, डोमा सुनार, मदन बिक, सुहाना सुनार, सुष्मा नेपाली, प्रकाश परियार, कृष्ण बहादुर बिक, तारा विश्वकर्मा, हिमाल बिश्वकर्मा लगायतका सदस्यमा चयन भएका छन ।।

Facebook Comments