• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तीन वडाका एक सय एक घरमा एकैपटक धारा




डिल्लीबहादुर खत्री – रुकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाका ३ वटा वडा एकैपटक १ घर १ धाराकाे पहुँचमा जाेडिएका छन् । वडा न. १, २ र ३ का प्रत्येक घरधुरीमा १ घर १ धारा जाेडिएका छन् । वडा न. ३ मा बिजयश्वरी , चाैरजहारी सुख्खा खानेपानी अायाेजना निर्माण भएसँगै नगरपालिकाकाे बाक्लो बस्ती रहेको चाैरजहारी बजारसहित ३ वडा खानेपानीको पहुँचमा पुगेका हुन्।

कुल २१ कराेड ६२ लाख ३४ हजार ५ सय ५ लगानीमा बनेको याेजनामा १९ कराेड ५० लाख सुख्खा खानेपानी अन्तरगत संघिय सरकारकाे बजेट रहेको छ भने २ कराेड १२ लाख ३४ हजार ५ सय ५ काे स्थानीयले श्रमदान गरेको छन् । अायाेजना उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर बटालाका अनुसार यश याेजनाबाट १६ सय घरधुरी लाभान्वित हुनेछन् भने अहिले ११ सयमा १ घर १ धारा जाेडिएकाे छ , बाँकी घरधुरीमा पनि धारा जडान भइरहेको छ र केही दिनमै सबै घरमा धारा जाेडिने छन् लाभान्वित घरसंख्या बढ्न सक्नेछन् । उनका अनुसार याेजना सुरु गर्दाको घरसंख्या १६ सय भए पनि अहिले घरसंख्या बढ्न सक्ने छन् ।

स्थानीयले मुख्य लाइनदेखि अाफ्नाे घरसम्म अाफैँले खानेपानीको लाइन लिएका हुन भने मिटर पनि अाफै किनेका हुन् उपभोक्ता समितिका अध्यक्ष बटालाले भने १ दिनमा करिब २ घण्टा पानी सञ्चालन गरिनेछ । उनका अनुसार अब चाैरजहारीमा लामाे समयसम्म पानीको समस्या हुने छैन् । नेताहरूले चाैरजहारीमा अाउदा चाैरजहारी बगाउँछाै भन्थे हामीलाई बिश्वास लाग्दैन्थ्याे चाैरजहारीका हाेटल ब्यवसायि बिशाल रावतले भने चाैरजहारी बगाउने भनेको यहि त हाेला घरघरमै पानी अायाे । अहिले दिनमा २ घण्टा जति पानी अाउँछ यहि पानी प्रशस्त छ हामीलाई धेरै हुन्छ उनले भने मैले चाैरजहारीमा हाेटल गर्न लागेको ११ बर्ष भयाे , हाेटल सुरु गरेदेखि नै पानीको समस्या भइरहन्थ्याे याे याेजनाबाट पानी अाउन लागेपछि भने दिन फर्केजस्ताे लाग्छ । यसअघि दिनमा ५/६ घण्टा पानी भर्ना नै समय लाग्थ्यो समय पुग्दैन्थ्याे , बिहान ४ बजे नै उठ्नुपर्थ्याे हाेटल ब्यवसायि रावतले भने अब ढुक्कसँग पानी भर्छाै घरमै पानी पुगेपछि म खुसी छु ।

Facebook Comments