• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुरिनचौरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनको उद्घाटन




रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका वडा नम्बर १२, पुरिनचौरमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनको उद्घाटन गरिएको छ ।

आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनको निर्माण कार्य सम्पन्न भएपछि यहि फागुन १२ गते औपचारिक रुपमा भवनको उद्घाटन गरिएको हो ।

नगर प्रमुख देबीलाल गौतमले रिबन काटेर उक्त भवनको उद्घाटन गर्नु भएको छ । यस अघि भाडामा कोठा लिएर सञ्चालन गर्दै आएको उक्त आधारभूत स्वास्थ्य सेवा केन्द्रको नव निर्मित भवनको उद्घाटन गरेसँगै नयाँ भवनबाटै सेवा शुरु गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्र पुरिनचौरका इन्चार्ज एबं अहेब यशोदा केसीले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख देबीलाल गौतमसँगै सामाजिक विकास समितिका संयोजक शुसिल गौतम, पूर्वाधार विकास समितिका संयोजक धिरन सिर्पाली, नगर स्वास्थ्य शाखाकी सिनियर अनमी कमला केसी, सोलाबाङ प्रहरी चौकीका प्रहरी हवलदार जेबी थापा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा १२ नम्बर वडाका सम्पूर्ण सदस्यहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनीधि, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनीधि, आमा समुह, महिला समुह, सहकारी, सुरक्षाकर्मी, पत्रकार, समाजसेबी, बुद्धिजीबि लगायत स्थानीयबासीको सहभागिता रहेको थियो ।

कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन र वडा कार्यालयको भवन निर्मार्णका लागि जग्गा दान गर्ने स्थानीय लाल बहादुर ओली र नन्दराम ओलीलाई सम्मान गरिएको थियो भने कार्यक्रमको बिचबिचमा बिभिन्न गित, नृत्य तथा झाँकी समेत प्रस्तुत गरिएको थियो । वडा अध्यक्ष प्रेमबहादुर ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव देबीलाल पुनले गर्नु भएको थियो ।

Facebook Comments