राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघ जिल्ला समिति दाङ देउखुरी ले जिल्लाको सदरमुकाम घोराही बजारमा मसाल जुलुस सम्पन्न गरेको छ ।
गणतन्त्र , धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौ, ओलि सरकारको असंबैधानिक कदम , भ्रष्टाचार र संघीयताका विरुद्ध संघर्श गरौ भन्ने नाराका साथ बिरोध स्वरुप उक्त मसाल जुलुस गरिएको हो ।
जुलुस पछिको कोणसभा मा संघ का केन्द्रिय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष चित्र एम सि र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य ले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रम को सहजीकरण जिल्ला सचिब चन्द्र आचार्य ले गर्नु भएको थियोे ।
बिपि चोक बाट सुरु भएको जुलुस स्वर्गद्वारी घन्टाघर चोक सहिद गेट हुँदै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियोे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।