• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा अनेमसंघको भेला र प्रदर्शन, २०५ सदस्यीय संघर्ष समिति गठन




नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष)निकट अनेमसंघ घोराहीको उपमहानगरस्तरीय संघर्ष समिति गठन गरिएको छ ।

पार्टी कार्यालय घोराहीमा भएको भेलाले प्रेमा गैरे संयोजक र सस्मति चौधरी ससंयोजक रहेको २०५ सदस्यीय संघर्ष समिति गठन गरेको हो । प्रतिगमनविरुद्ध संघर्ष गर्न सो समिति गठन गरिएको महिला संगठनले जनाएको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एव्र लुम्बिनी प्रदेशसभा सदस्य दामा शर्माले महिलाहरुलाई संघर्ष जुट्न आव्हान गर्नुभएको थियो । महिलाहरुको ठूलो बलिदानबाट प्राप्त संविधानमाथि केपी शर्मा ओलीले हमला गरेर प्रतिगामी यात्रा थालेको भन्दै उहाँले उपलब्धि जोगाउने घरघरबाट जुट्न जरुरी रहेको बताउनुभयो ।

भेलालाई नेकपा प्रदेश सचिवालय सदस्य लक्ष्मण आचार्य, जिल्ला अध्यक्ष टीकाराम खड्का, घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपानेलगायतले बोल्नुभएको थियो । प्रेमा गैरेको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन हरिकला बाँठाले गर्नुभएको थियो ।

भेलालगत्तै पार्टी कार्यालय भरतपुरबाट तुलसीपुरचोकसम्म महिलाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनपछि आयोजित कोणसभालाई नेकपा केन्द्रीय सदस्य दामा शर्माले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम सञ्चालन जिल्ला संघर्ष समिति संयोजक पुनम श्रीपालीले गर्नुभएको थियो ।

Facebook Comments