• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विपन्नका लागि निशुल्क बहस गर्छौं: मुख्य न्यायाधीश गौतम




उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिस निता गौतम दिक्षितले सर्वसाधरण नागरिकले न्यायको महशुस गर्नेगरी न्याय सम्पादन गरिरहेको बताउनुभएको छ । क्रियाशिल महिला पत्रकार डव्लुडव्लुजे दाङले सन्डेक्लव अन्तर्गत आज आईतवार तुलसीपुरमा आयोजना गरेको मुख्यन्यायधिस संग परिचयात्मक तथा न्यायमा महिला पहुँच विषयक अन्तरक्र्रिया कार्यक्रममा प्रमुख अतिथी मुख्य न्यायधिस गौतमले न्याय सम्पादनमा पहुँच र प्रलोभन नहुने स्पष्ट पार्नुभयो ।

भर्खरै जिल्लामा आउनुभएकि पहिलो महिला मुख्यन्यायधिस गौतमले अदालतमा आउने सरकारबादी र फौजदारी मुद्धाबाहेक अरु प्राय मुद्धा मेलमिलापमा परिणत गराउने कोशिस गर्नेमा जोड दिनुभयो । उहाँले उच्च अदालतले छिटो छरितो , चुस्त दुरुस्त र निष्पक्ष न्याय दिने समेत वताउदै पिडितलाई अदालतमा रसिद शुल्क बाहेकको शुल्क नलाग्ने बताउँदै मुद्धा मेलमिलामा टुंगिएपछि शुल्क पनि नलाग्ने स्पष्ट पार्नुभएको छ ।

मुद्धा मिलाउने बहानामा विभिन्न व्यक्तिले लिन सक्ने कुरालाई इंगित गर्दै गौतमले शुल्कका विषयमा ख्याल गर्न आग्रह पनि गर्नुभयो । साथै उहाँले बलत्कार जस्तो जघन्य अपराधका पिडितले जिल्ला प्रशासनको पिडित राहत कोषबाट तत्काल राहत उपलब्ध गराउने जानकारी दिनुभयो । उहाँले अदालतमा असहाय महिलाका लागि वैतनिक (शुल्क नलाग्ने) वकिल राखिएको र मुद्धाको छिनोफानो पनि निशुल्क गरिने बताउनुभयो ।

कार्यक्रममा न्यायधिस रमेशराज पोख्रेलले अदालत र पत्रकार विचको दुरी बढाउनु पर्ने बताउदै अदालतले गर्ने हरेका क्रियाकलापको वारेमा खवरदारी हुन जरुरी रहेकोले मिडिया मार्फत पनि नागरिकको पहँुचसम्म धेरै सचेतनाका कुरा पुर्याउन सकिने वताउनुभयो ।

कार्यक्रममा अदालतका रजिष्टार यमबहादुर वुढाले अदालतमा भ्रष्टाचार, न्याय विक्री वितरण र न्यायकिन बेच नहुने बताउनुभयो । अदालतमा प्रविधिलाई बढवा दिइएको भन्दै हाल न्यायलाई छिटो छरितो गर्नुका साथै सवै जानकारीहरु वेवसाइटवाटै हेर्न सकिने वताउनुभएको थियो ।

डव्लुडव्लुजे दाङका अध्यक्ष रोशनी मल्लको अध्यक्षता एवं उच्च अदालत तुलसीपुरका मुख्यन्यायधिस गौतमको प्रमुख आतिथ्यता तथा न्यायधिस रमेशराज पोख्रेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा महिला अधिकारकर्मि शुष्मा गिरी ,पत्रकार नारायण खड्का, गोपाल शर्मा भटट्राई लगाएतकाले सोचे अनुरुप अझै नागरिकहरु न्यायालयको ढोकासम्म आउन नसकिरहेको यस अवस्थामा उनिहरुको सहज पहँुच अभिवृद्धिका न्यायालयले वातावरण सृजना गर्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो । उनिहरुले अदालती रिपोटिङमा पत्रकारहरुको सहज पहुँच हुनुपर्ने समेत बताएका छन ।

कार्यक्रमको बारेमा क्रियाशिल पत्रकार महिला डव्लुडव्लुजेका लुम्विनी प्रदेश संयोजक लिला शाहले प्रकाश पार्नुभएको थियो । क्रियाशिल पत्रकार महिला डव्लुडव्लुजे दाङका सल्लाहकार सन्ध्या रेग्मीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजिकरण सचिव शर्मिला डिसीले गर्नुभएको थियो ।

Facebook Comments