• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दलित मुक्ति संगठन तुलसीपुरको एकता भेला, उपमहानगर समिति गठन




नेपाल दलित मुक्ति सगठन तुलसीपुर उपमहानरपालिका स्तरीय एकताको प्रथम भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।

भेलाले सयोजक प्रकाश परियार र सहसयोजक गौरी नेपाली रहने गरि ४१ सदस्यीय तुलसीपुर उपमहानगर पालिकास्तरीय नेपाल दलित मुक्ति सगठन सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

भेलामा नेकपाका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सहइञ्चार्ज भागवत विश्वासीले सबैभन्दा बढी क्रान्ति र परिवर्तन दलितहरुलाइ चाहिएको बताउनुभयो । यो समाजमा सबैभन्दा बढी योगदान गर्ने र सिपले दक्ष दलितहरुलाइ अपमान गरिएको भन्दै यसविरुद्ध सचेत रुपले दलितहरु अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । अर्को सन्दर्भमा उहाँले जातब्यबस्था नै यो समाजको मुख्य बाधक भएको र जातब्यबस्था अन्त्य नहुदासम्म छुवाछूत प्रथा अन्त्य नहुने बताउनुभयो ।

भेलामा किसान महासघका स्थायी समिति सदस्य शेसुराम भण्डारी पूर्व नेपाल दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेश सचिव राधिका परियार, ,माक्र्सवादी ज्ञान केन्द्रका केन्द्रिय सदस्य आजाद खड्का, नेपाल दलित मुक्ति सगठनका जिल्ला सयोजक टंक सुनार, सहसयोजक हिरालाल सुनार ‘सारथि’, दलित नेता मानसिङ सुनार,,दलित अधिकारकर्मी दिल श्रीपाली र नेकपा तुलसीपुरका सचिव डिल्ली डाँगीले भेलामा शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेपाल दलित मुक्ति सगठन दाङ्ग जिल्ला सचिवालय सदस्य लालबहादुर बिकको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको अध्यक्ष प्रकाश परियार र सञ्चालन दाङ जिल्ला सचिववालय सदस्य डिला परियारले गर्नु भएको थियो ।

Facebook Comments