• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपालमा प्रजातन्त्रको उदय र विकास




आज फागुन ७ गते हो । बि .सं.१९०३ -२००७ सम्म चलेको लामो इतिहास बोकेको (१०४) बर्से निरङ्कुश राणा शासनको अन्त भैइ प्रजातन्त्रको स्थापना भएको दिन हो । प्रयेक बर्षको फागुन ७ ले , २००७ सालको फागुन ७ गतेलाई सम्झाउँछ । त्यसैले प्रजातन्त्र दिवसलाई राष्ट्रिय भन्ने गरिएको छ ।

यो दिवसलाई देशमा संभावनाका सबै ढोका खोलिएको दिनको रुपमा पनि लिने गरिएको छ । देशमा प्रजातन्त्र ल्याउन धेरै वर्ष पहिलेदेखि प्रयास भइरहेको थियो । त्यसवेलाका जुझारु व्यक्तिहरुले पर्चा पम्प्लेट र भूमिगत संगठन गरेर राणा शासनको विरुद्धमा आवाज चर्काउँदै थिए ।

१९९७ सालमा निरङ्कुश सरकारले चार जनालाई शहीद बनाएपछि स्थिति अरु विस्फोटक भएको थियो । त्यसपछि नेपाल भित्र र बाहिर राजनीतिक पार्टी गठन हुन थाल्यो । नेपाली कांग्रेसको नेतृत्वमा देशव्यापी आन्दोलन भयो । राजा त्रिभुवन सपरिवार भारतमा शरण लिन पुगे । राजाको त्यस कदमले राणाशासकहरुलाई ज्यादै अप्ठ्यारोमा पा¥यो आखिर निरङकुश सरकारले जनताका सामु घँुडा टेकि हार स्वीकार् गर्नै पर्यो ।

राणा, राजा र नेपाली काङ्ग्रेस बिच दिल्लीमा त्रिपछिय सम्झौता भयो र छिमेकी देश भारतमा शरण लिन पुगेका राजा त्रिभुवन देश फर्केपछि फागुन ७ गते प्रजातन्त्रको घोषणा भयो । त्यो घोषणा नेपालको इतिहासमा सर्वाधिक महत्वपूर्ण घोषणा हो । त्यही घोषणाबाट नेपालीहरुले लेख्ने, बोल्ने र राजनीतिक संगठन गर्ने लगायतका सबै स्वतन्त्रताहरु प्राप्त गरेका हुन् ।

त्यसरी प्रजातन्त्र आएता पनि प्रजातन्त्रलाई पटक पटक प्रहार गर्ने काम भयो । बाहिर प्रजातन्त्रको माला जप्ने तर भित्रभित्रै प्रजातन्त्रको हक अधिकारमा बन्देज लगाउने प्रवृत्ति भएका राजनीतिक व्यक्तिहरुको कार्यगत एकता भयो । जसले गर्दा फस्टाउन लागेको प्रजातन्त्रमा पटक पटक ग्रहण लाग्यो ।

राजा महेन्द्रले २०१७ साल पुस १ गते पञ्चायती व्यवस्थाको प्रादुर्भाव गराएपछि प्रजातन्त्र फेरि नराम्रोसँग खुम्चिदै गयो । जननिर्वाचित प्रधानमन्त्री वी.पी कोईरालालाई जेलमा राखियो । संसदीय व्यवस्था खारेज गरियो । पञ्चायती व्यवस्थाको ३० वर्षको आभ्यासले प्रजातन्त्र भन्नै नहुने, उच्चारण गर्नै नहुने शब्द जस्तो भयो ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनले देशमा प्रजातन्त्रको पुनर्वहाली गरेको छ । प्रजातन्त्र ,लोकतन्त्र भन्ने अवस्था सिर्जना भयो ,फेरि बि. सं . २०५२ फागुन बाट ने क पा माओबादिको नेतृत्वमा सुरु भैइ २०६३ मङ्सिर ५ गते ७ राजनीतिक दलहरूबीच गरेको १२ बुदे शान्ति सम्झौता भैइ अन्त्य भएको १० बर्से जनयुद्धले पहिलो संविधान सभाको निर्वाचन २०६४चैत्र २८ सम्पन्न गर्यो र २०६५ जेठ १५ राजतन्त्रको अन्त्य गरि गणतन्त्रको घोषण गरियो ।

बि सं २०७० मङ्सिर ४ गतेको इतिहासिक दोश्रो संविधानसभा निर्वाचन सम्पन्न गरियो फलस्वरूप सामाजिक न्याय, समता ,समानता , समाबेशि सहितको बिस्वकै उत्कृष्ट संविधानको निर्माण गरि २०७२ असोज २ मा जारी गरियो । तथापि जति यसले महत्व पाउनु पर्ने हो त्यो पाउन सकिएको छैन । यो दिवसको अबसरमा रास्ट्रपतिबाट आममाफी दिने कैद मुक्त गर्ने प्रचलन रहेको छ।

तथापि राष्ट्रहित लोकतन्त्र र अग्रगामी परिबर्तनका लागी नेपाली जनताले पटक पटक गर्दै आएका ऎतिहासिक जनआन्दोलन ससस्त्र संघर्श त्याग र बलिदानको गौरवपुर्ण इतिहासलाई स्मरण एबम शहिदहरु तथा बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्दै , सरकारले प्रजातन्त्र दिवसको महत्व अपेक्षित रूपमा बढाउनु पर्नेमा हामी जोड दिन चाहन्छौं। साथै सम्पुर्ण नेपालिहरुमा अझै स्वतन्त्रता भादृत्व र अनुशासनको प्राप्ती हुँदै जावस प्रजातन्त्र दिबस २०७७ को शुभकामना ।

त्रिबेणि -१० रुकुम (पश्चिम )

Facebook Comments