• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संसद विघटन संविधान खारेजी सरह हो: प्रभाकर




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जर्नादन शर्मा ‘प्रभाकर’ ले प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको संसद विघटन संविधान खारेजी सरह भएको बताउनुभएको छ । उहाँले संविधानको एक धारा नै कुल्चिएर संसद विघटन गर्नु संविधान खारेजी गर्नु सरह नै भएको बताउनुभएको हो ।

मंगलवार प्रेस संगठन नेपाल, सल्यानले खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको भएको हो । ‘बहुमत प्राप्त प्रधामन्त्रीले संसद विघटन गर्न मिल्दैन, यो नेपालको संविधान विपरित रहेको छ’ उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम भएको उहाँको भनाई छ ।

शर्माले नेकपाको विवादलाई थाति राखेर निर्वाचन हुन नसक्ने बताउनुभएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेपछिको नेकपाको विवाद निर्वाचन आयोगमा बिचाराधिन अवस्थामा रहेकाले यस्तो अबस्थामा मध्यावधिक निर्वाचन हुन नसक्ने उहाँको दावी छ ।

‘अहिले नेकपा भित्रको बिवाद उत्कर्षमा पुगेको छ, पार्टीको आधिकारिकताको लागी विवाद निर्वाचन आयोगमा पुगेको छ, यस्तो अबस्थामा कुनै पनि हालतमा मध्यावधिक निर्वाचन हुन सक्दैन्’ उहाँले भन्नुभयो ‘यदी यस्तो अवस्थामा निर्वाचन गर्न खोजियो भने त्यसको हिसावकिताव जनताले गर्ने छन् ।’

शर्माले नेकपा भित्रको विवाद पार्टी विशेषको नभई नयाँ प्रणाली (संघियता, धर्मरिपेक्षता, समानुपातिक समाबेशीता) को कार्यान्वयन गर्ने वा नगर्ने विचको लडाई भएको बताउनुभएको हो । अहिलेको पार्टी विभाजन पद, प्रतिष्ठाको लागी नभई राजनितिक स्थायित्व र समृद्ध नेपाल निर्माणको लागी भएको उहाँको भनाई छ ।

पुर्व गृहमन्त्री समेत रहनुभएका नेता शर्माले अहिले पार्टी भन्दा पनि देशको चिन्ता बढी रहेको बताउनुभयो । देशलाई अस्थिरता तर्फ धकेल्ने तत्वहरु सक्रिय भएको बताउदैँ उहाँले पार्टी भन्दा पनि देशको स्वाधिनता, स्वाभिमानको रक्षा गर्नु अहिलेको चुनौती भएको बताउनुभयो ।

शर्माले संसद पुर्नस्थापना हुनेमा आफ्नो पार्टी र जनता बिस्वस्त रहेको बताउनुभयो । प्रेस संगठनका जिल्ला संयोजक मिना बुढाथोकीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण सहसंयोजक दिपसागर भण्डारीले गर्नुभएको थियो ।

Facebook Comments