• २ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
थबाङीद्वारा मृगौलापीडित प्रेमलाई रकम हस्तान्तरण




मृगौला पिडित घोराही १८ फुर्सेखाली, गिठेपानी निवासी प्रेम पुनलाई थवा¨ी समाज सेवा समिति घोराहीले रकम हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष कुमार घर्तिमगर र सल्लाहकार सतबहादुर रोकामगरले एक लाख ६९ हजार दुई सय ६६ रुपैयाँ नगद पुनलाई हस्तान्तरण गर्नुभएको थियो । थप सहयोगका लागि सबै समक्ष अपिल गर्नुभयो ।

विगत लामो समय देखि दुवै मृगौला फेल भइ पुन लमहिमा डाइलासिस गराउँदै आउनुभएको छ । उहाँले हप्ताको दुईदिन लमहि जाँदा आउँदा मासिक १६ देखि २० हजार खर्चलाग्ने बताउनुभयो । उहाँका अनुसार पटक पटक ब्लड चढानुपर्छ ।

त्यसरी खर्चिलो उपचार घर बाट सम्भव नभएपछि सहयोगको लागि समाजीक सञ्जाल र अन्य सम्वन्ध मार्फत आनुरोध गरिएको थियो । त्यसै अनुरुप युकेमा रहनुभएका ओमप्रकाश रोका मगरको नेतृत्वमा उनान्नब्बे हजार दुई सय छैसठी रुपैयाँ सहयोग आएको अध्यक्ष धर्तिले बताउनुभयो । यसैगरी साउदीबाट धन झाँक्रीमगरको नेतृत्वमा सत्तरीहजार रकम आएको थियो । समायजले आफ्नो तर्फबाट थप दश हजार रकम उपलब्ध गराएको थियोे ।

थप सहयोगका लागि इष्ट आफन्त, छर छिमेक तथा सबैतिर पहल गर्न समाजका सल्लाहकार रोकाले आग्रह गर्नुभएको छ । उहाँले चेलीलाई बचाउन थवा¨ीले नेतृत्व गरेपनि सबैको सहयोग अपेक्षा गरेको बताउनुभयो ।

सहयोगी मनले जुन सुकै बेला समाज संग सम्पर्क गर्न सकिने रोकाको ेभनाई थियो । उक्त कार्यक्रमको सहजीकरण समाजका सचिव महेन्द्रकुमार बुढाले गर्नुभएको थियो ।

Facebook Comments