• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मार्क्सवादी साँस्कृतिक मोर्चाको दाङ जिल्ला समिति गठन




नेपाली समाजको रुपान्तरणका लागि कला–साहित्य–संस्कृतिका क्षेत्रमा सिर्जना र आन्दोलन दुबै पाटोमा नयाँ ध्रुव निर्माण आवश्यक रहेको ठहर गर्दै केन्द्रीय स्तरमा गठन भएको संगठन “माक्र्सवादी साँस्कृतिक मोर्चा, नेपाल”को दाङ जिल्ला समिति गठन गरिएको छ ।

इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुखी, प्रगतिवादी कवि कथा मोर्चाका प्रतिनिधि यज्ञबहादुर डाँगी लगायत अन्य लेखक कलाकर्मीहरुको उपस्थिति रहेको भेलाले साँस्कृतिक आन्दोलनलाई अगाडि बढाउनको लागि केन्द्रीय स्तरमा गठन भएको मोर्चाको अवधारणामा आधारित रही जिल्ला भेलाले ७ सदस्यी माक्र्सवादी साँस्कृतिक मोर्चा, नेपालको दाङ जिल्ला सम्मेलन आयोजक समिति निर्माण गरेको हो ।

जसको संयोजकमा प्रमोद धिताल रहनुभएको छ भने हाललाई दुई स्थान रिक्त राखेर सदस्यहरु पनि चयन गरिएको छ । जसमा सदस्यहरु खगेश्वर भण्डारी, ईश्वरीप्रसाद गैरे, गोपाल वैद्य र सुदृष्टि लक्ष्मी रहनुभएको छ । बाँकि सदस्यहरु आगामी बैठकबाट पूर्ति गरिने संयोजक धितालले जानकारी दिनुभएको छ ।

मोर्चाको आयोजनामा आगामी फाल्गुण २२ गते शनिबार वर्तमान साँस्कृतिक आन्दोलनको अवस्था विषयक अन्तक्र्रियात्मक विचार गोष्ठी घोराहीमा गर्ने निर्णय गरिएको छ । साथै मोर्चाले देशमा गणतान्त्रिक व्यवस्था भए पनि बाह्य तथा आन्तरिक उपनिवेशवादबाट देश मुक्त नभैसकेको अवस्थामा जनपक्षीय लेखक कलाकारहरुको भूमिका थप बढेर गएको ठहर सहित सोही अनुरुपका कार्यक्रमहरु एकल तथा संयुक्त रुपमा गर्दै अगाडि बढ्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

संविधानका धाराहरुको गलत हवाला दिंदै वर्तमान सरकारका प्रधानमन्त्रीको सिफारिशमा भएको संसद विघटन जनविरोधी एवं जन आन्दोलनबाट प्राप्त सकारात्मक उपलब्धीहरुलाई पनि खारेज गर्ने कदम भएकोले त्यसको विरुद्धमा र अग्रगामी रुपान्तरणको पक्षमा उभिन भेलाले सम्पूर्ण जनपक्षीय लेखक तथा कलाकर्मीहरुमा आव्हान गरेको छ ।

Facebook Comments