• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनयुद्ध दिवसमा विप्लव क्रान्तिकारीको शुभकामना आदानप्रदान




ऐतिहासिक महान २६ औं जनयुद्ध दिवसको अवसरमा आज अर्थात् अखिल (क्रान्तिकारी) दाङको आयोजनामा सहिद आवासीय माविमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । सो अवसरमा एकीकृत जनदिशा अभियान उद्घाटन र अखिल (क्रान्तिकारी) सहिद आवासीय माबिको दोस्रो इकाइ सम्मेलन पनि सम्पन्न गरिएको हो ।

अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समिति संयोजक अनिल केसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सहिद परिवार समाजका केन्द्रिय सदस्य एवम् सहिद स्मृति आवासीय माबिका विद्यालय व्यवस्थापन समिति सदस्य रैबहादुर बस्नेत (धर्ती), अतिथिहरु अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समिति सदस्य सरद, भरत ,टार्जन, पत्रकार महासंघ दाङ शाखा सचिव एवम् सहिद आवासिय माबि कोर्डिनेटर भुपेन्द्र वली,अखिल (क्रान्तिकारी)का पुर्व केन्द्रिय सदस्य मदन जि एम,सहिद आवासीय माबिका सहायक प्रअ धनेश्वर पोख्रेल ,उक्त विद्यालयका पुर्व प्रअ झविन्द्र पौडेल ,विद्यालयका शिक्षकहरू माधव महरा,एकेन्द थापा ,लालमणी बसेल, अखिल क्रान्तिकारी सहिद आवासीय माबिका पुर्व सचिव कमल जि एम लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सहिद परिवार समाजका केन्द्रिय सदस्य एवम् सहिद विद्यालयका व्यवस्थापन समिति सदस्य रैबहादुर बस्नेतले प्रचण्ड ,बाबुरामले जनयुद्धको सपना लाई कुर्सीसंग साटेर ठुलो घात गरेको बताए । जनयुद्धको मुख्य उदेश्य लक्ष्य ,बिचार सिद्धान्तबाट बिचलित हँुदै दलाल संसदिय व्यवस्था सामु आत्मसमर्पण गरेर १७ हजार सहिद ,हजारौं घाइते ,अपांग ,बेपत्ता र परिवर्तनको पर्खाइमा रहेको जनतालाई अलपत्र छोडेर प्रतिक्रियावादीसँग घाटी जोड्न पुगेको समेत उनले बताए ।

जनयुद्धको लक्ष्य ,उदेश्य ,विचार ,सिधाान्त प्रचण्ड बाबुराम हरुले छोडिसकेको र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी संग मात्र जनयुद्धको मुद्दा ,एजेन्डा ,बिचार ,सिद्धान्त रहेकाले उक्त पार्टी बाट मात्र जनयुद्धको क्रममा सहादत प्राप्त गर्ने सहिद,घाइते ,अपांग ,बेपत्ता योद्धाको सपना पुरा हुने आसा रहेको र संसदीय व्यवस्था असफल भैसकेकाले वैज्ञानिक समाजवाद स्थापना अनिवार्य रहेको उनेको भनाई छ ।

कार्यक्रमका अध्यक्ष एवम् अखिल (क्रान्तिकारी) दाङ का संयोजक अनिल केसीले जनयुद्ध र एकीकृत जनक्रान्तिका क्रममा आफ्नो जीवन बलिदान दिनुहुने महान सहिद हरु प्रति सम्मान ,श्रद्धाञ्जली एवम् सबैमा शुभकामना व्यक्त गरे । १० बर्षे महान जनयुद्धले उठान गरेका एजेन्डा हरु पुरा नभएकाले ती एजेन्डाहरु पूरा गर्न सबै युवा विद्यार्थी हरु एकजुट हुनुपर्ने बेला भएको बताए ।

जनयुद्धको समयमा जनताको न्याय ,मुक्ति ,स्वतन्त्रता ,समानता ,निशुल्क शिक्षा ,स्वास्थ ,रोजगारीको चर्का चर्का कुरा गर्ने नेताहरु अहिले आफ्ना छोराछोरी लाई विदेश का महंगा कलेज क्याम्पस हरुमा करोडौं खर्च गरेर पढाई रहदा यता जनयुद्धमा बुवा ,आमा ,आफन्त गुमाएका विद्यार्थी हरु साझ बिहान कसरी छाक टार्ने,कसरी पढ्ने भनेर भौतारिने अवस्था आउनु दुःखद भएको बताए ,जनयुद्धका सहिद ,घाइते ,अपांग ,बेपत्ता योद्धाका परिवारलाई यो सरकारले अझै पनि गलत दृष्टिकोणले हेरिरहेको समेत उनले बताए ।

जनयुद्ध ,एकीकृत जनक्रान्तिका समयमा जीवन गुमाउनुहुने महान सहिद ,घाइते ,अपांग ,वेपत्ताका सन्तानहरुलाई निःशुल्क अध्ययन गर्ने वातावरण राज्यले बनाउनु पर्ने माग गरे,सहभागी विद्यार्थीहरु निराश नहुन आग्रह गर्दै नेपाल कम्युनिस्ट पार्टीले एक दिन दलाल संसदीय व्यवस्था लाई मिल्काएर समाजवादी राज्य व्यवस्था ल्याइछाड्ने र त्यस बाट मात्र यी तमाम समस्याहरू हल हुने उल्लेख गरे साथै सहिदको सपना पूरा गर्न सबै विद्यार्थीहरु आ– आफ्नो ठाउँ बाट क्रान्ति लाई सहयोग गर्न पनि केसीले अपिल गरे ।

त्यस्तै कार्यक्रमकै अवसरमा अखिल (क्रान्तिकारी) दाङले एकीकृत जनदिशा अभियान उद्घाटन गरेको छ । सो अवसरमा अखिल (क्रान्तिकारी)ले सहिद स्मृति आवासीय मावि इकाई कमिटीको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले गणेश को अध्यक्षतामा ३४ सदस्यीय माबि इकाई कमिटी निर्वाचित गरेको हो । कार्यक्रमको सहजीकरण दाङ जिल्ला सम्मेलन आयोजक समितिका सदस्य खुमन पौडेले गरेका हुन् ।

Facebook Comments