• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वनमा समृद्धिको पालुवा पलाउँदै, मेलको रुखमा नास्पाती फलाउँदै




फलफूल मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको एक पौष्टिक तत्वको रुपमा लिइन्छ । हरेक मानिसको स्वास्थ्य अवस्था सन्तुलत बनाइ राख्न फलफूलहरुको उत्तिकै महत्व हुन्छ । स्वस्थ र तन्दरुस्त स्वास्थ्य अवस्था कायम राख्नको लागि मानिसहरुले फलफूल खानु निकै उपयुक्त मानिन्छ ।

नेपाल एक कृषि प्रधान देश भएतापनि फलफूलमा आत्मनिर्भर हुन सकेको छैन् । अलिअलि उत्पादन भएका फलफूलहरुको पनि बजारीरकणमा समस्या हुँदा उत्पादक क्षेत्रहरु पनि निरास भएका छन् । नेपालमा वर्षेपिच्छे बाहिरबाट अरबौं रकमको फलफूलहरु आयात गर्नुपर्ने बाध्यता रहदै आएको छ । यद्यपि अब राज्यले उत्पादकत्व क्षेत्रमा लगानी नगर्ने र उत्पादन भएका बस्तुहरुको सहज बजारीकरणमा ध्यान नदिने हो भने फलफूल खेतीहरु झनै संकटमा पर्दै जाने खतरा उत्तिकै छ ।

रोल्पाको रुन्टीगढी गाउँपालिका ६ नं. वडामा पर्ने सामुदयिक वनहरुले उत्पादनमुखी कार्यक्रमहरु सुरु गरेको छन् । वन जंगलमा भएका मेल प्रजातिको रुखहरुमा नास्पाती फलाउने योजना सामुदायिक वन समूहहरुले अगाडि बढाएका हुन् । वडाको बजेटमा समूहहरुले आफ्ना सामुदायिक वनहरुमा मेलको रुखहरु प्रशस्त भएको र ती रुखहरुमा नास्पाती कलमी जडान गरेर नास्पाती फलाउने लक्ष्य अगाडि बढेको छन् ।

नास्पातीको सानो प्रजातिको रुपमा चिनिने मेलको रुखमा कलमी गरेर २÷३ वर्षमै नास्पाती फलाउन सकिने भएपछि आफूहरु हर्षित भएको स्थानीयहरुले बताएका छन् । मेलमा नास्पातीको फल फलाएर नौलो आयाम थप्ने काम वडा कार्यालयले गरेको र यस्तो खालको कार्य सबै ठाउँमा गरे नास्पातीको उत्पादन क्षेत्र राम्रो हुदैजाने स्थानीयहरुको भनाई छ ।

रुन्टीगढी गाउँपालिका ६ मा पर्ने प्रगति सल्लेरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अर्जुन पुनले वडा कार्यालयको बजेटमा आफ्नो वनभित्र रहेका मेलको रुखमा नास्पाती कलमी जडान गरेको बताए । गतवर्ष वडाले नास्पाती कलमी जडान कार्यक्रममा छुट्टाएको १ लाख ५० हजार बजेट मार्फत आफूहरुले सामुदायिक वनको खलडाडा र धुरकुम खण्डमा रहेका मेलका बोटमा १ हजार १ सय नास्पाती कलमी जडान गरेको समेत उनले बताए ।

अध्यक्ष पुनका अनुसार मेलको बोट कटान छटान गरेर मात्र नास्पाती कलमी जडान गर्नुपर्ने र त्यसमा पनि मेलको ठुलो भन्दा सानो बोटमा कलमी जडानले पूर्ण सफलता पाउने बताए । मेलमा नास्पाती कलमी जडान कार्य पहिलो पटक खासै उपलब्धीमूलक नभएतापनि के–कसरी गर्ने भन्ने विषयमा आफूहरु जानकार रहेको र कलमी जडान गर्दा सकभर प्राविधिक ज्ञानपूर्ण रुपमा हुनुपर्ने समेत उनले बताए । कलमी जडान गरीसकेपछि संरक्षणसँगै व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्ने र नास्पाती कलमी गरेको तलतिरको भागमा आउने नयाँ पालुवाहरुलाई पुनः भाँचेर फालिदिनुका साथै सो क्षेत्रमा गाई,बाख्रा चरीचरण बन्द गरेमा मात्र कलमीले सफलता पाउने उनको भनाई छ ।

सोही ठाउँमा रहेको फूलबारी सामुदायिक वन उपभोक्ता समूहका सचिब खिमा दशौंदीले यो वर्ष सामुदायिक वनमा भएका मेलका रुखमा नास्पाती कलमी गर्न लागेको बताइन् । रुन्टीगढी गाउँपालिका ६ नं. वडा कार्यालयको नास्पाती कलमी जडान कार्यक्रम अन्तर्गतको १ लाख ५० हजार बजेट मार्फत आफ्नो वनभित्र भएका १ हजार मेलका बोटहरुमा नास्पाती कलमी गरेर नास्पाती फल उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको समेत उनले बताइन् ।

सामुदायिक वनको ठुलोचौर र गातीना खण्ड क्षेत्रमा भएका मेलहरुमा नास्पाती कलमी जडान गर्ने निर्णयका साथ समूह अगाडि बढेसँगै सबै लाभाम्वित हुने उपभोक्ताहरु खुशी भएको उनको भनाई छ ।

रुन्टीगढी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष जगतबहादुर घर्तीले गतवर्षदेखि नास्पाती कलमी जडान कार्यक्रम लागु गरेको बताए । वडाले ‘हाम्रो वन हाम्रो उत्पादन’ भन्ने मुलनारालाई अगाडि सार्दै मेलका रुखहरुमा नास्पाती कलमी जडान गरी नास्पाती फल उत्पादन गर्नका लागि प्रत्येक वर्ष सामुदायिक वनहरुलाई एउटा कार्यक्रम दिने गरेको उनले बताए ।

नास्पाती कलमी जडान कार्यक्रम गर्तवर्ष प्रगति सल्लेरी सामुदायिक वन उपभोक्ता समूह र यो वर्ष फूलबारी सामुदायिक वन उभोक्ता समूहलाई जिम्मा दिएको समेत उनले बताए । अब सामुदायिक वनले नास्पाती उत्पादन गर्नको लागि संरक्षणसँगै व्यवस्थापन गरेर अगाडि बढेमा वन समूह लाभाम्वित हुने र समूह नास्पाती उत्पादनमुखी क्षेत्र बन्ने उनको भनाई छ ।

Facebook Comments