• २ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रामकुमारी झाक्री पक्राउको बिरोधमा दाङमा प्रदर्शन




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीको पक्राउको बिरोधमा दाङमा विद्यार्थी र युवाहरुले प्रदर्शन गरेका छन् ।

अनेरास्ववियू र राष्ट्रिय युवा संघको आयोजनमा घोराहीमा प्रदर्शन गरिएको हो ।

सार्वजनिक संस्थाको आलोचना गरकै आधारमा पक्राउ गर्नु ओली सरकारको निरंकुशताको पराकाष्ठा भन्दै प्रदर्शनकारीहरुले सरकारबिरुद्ध चर्का नारा लगाएका थिए ।

सहिद गेटबाट शुरु भएको कार्यक्रम तुलसीपुरचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई अनेरास्ववियूका केन्द्रीय सदस्य सन्तोष पोख्रेल, जिल्ला संयोजक जंग रोका र राष्ट्रिय युवा संघका कार्यालय सदस्य अनिलराज श्रीपालीले सम्बोधन गर्नुभएको थियो ।

Facebook Comments