• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लवनिकट क्रान्तिकारीद्धारा भागरथी हत्याको बिरुद्ध दाङमा प्रदर्शन




अखिल क्रान्तिकारी) दाङले यहि माघ २१ गते बैतडी जिल्ला दोगदाकेदार गाउँपालिका वडा नं ८ निवासी ,सनातन धर्म माबि कक्षा १२ मा अध्ययनरत १७ बर्षिय किशोरी भागरथी भट्टको आपराधिक गिरोहबाट बलात्कार पछि निर्मम हत्या गरिएको र अपराधीलाई प्रशासनले अहिलेसम्म गिरफ्तार नगरेको बिषयलाई लिएर सदरमुकाम घोराहीमा भागरथीको न्यायको निम्ति खबरदारी एवम् उक्त घटनाको अपराधीलाई अझैसम्म पनि कार्वाही नगरी सरकार र त्यसको प्रशासन मैन रहेको भन्दै विरोध प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समितिका सदस्य खुम रिजालले उक्त विरोध कार्यक्रम संचालन गर्दै यो भ्रष्ट सरकारकै संरक्षण र लाचारिका कारण समाजमा आपराधिक घटना एक पछी अर्को वृद्धि भैरहेको बताए । साथै उनले भागरथीको न्यायको निम्ति आफुहरु कडा संघर्ष गर्न तयार हुनुपर्ने बताए ।

यस्तै अखिल क्रान्तिकारी) दाङ जिल्ला संयोजक अनिल के सीले यो सरकार कुर्सिको बचाउमा लागेकोले घटना घटेको ८ दिन बितिसक्दा सम्म पनि कुनै चासो नदिएको बताए । सरकार जिम्मेवार नबन्दा नागरिकका डर त्रास सिर्जना भएको समेत उनले बताए । अहिले सम्म भएका बलात्कार पछि हत्याका घटनामा सरकार र त्यसको प्रशासनकै संरक्षण भएकाले यस्ता घटनाहरु मौलाएउनुका उनको भनाई छ ।

महिला राष्ट्रपति भएको देशमा दिनहु महिला बलात्कृत हुनु र न्याय नपाउनु दुःखद भएको भन्दै केपि सरकारको गृह प्रशासनले अन्याय ,अत्याचार ,दमन ,शोषणको विरुद्ध र न्याय ,सत्य ,विद्यार्थीको हक ,हित अधिकार ,समानता, स्वाधीनताको पक्षमा बोल्ने युवा विद्यार्थीमाथि भैरहेको दमन ,गिरफ्तारी रोकि हत्यारा,बलात्कारी,भ्रष्ट ,अपराधी हरुलाई तत्काल नियन्त्रणमा लिइ कडा भन्दा कडा कार्वाही र निर्मला पन्त ,भागरथी भट्टको परिवार लाई न्याय दिन माग गरे, साथै छोरी चेलिको रक्षाको निम्ति अखिल क्रान्तिकारी) मैदानमा रहेको बताउदै सबै एकजुट भएर यस्ता आपराधिक क्रियाकलाप लाई रोक्नु पर्ने केसीले बताए । करिब ५०० जना विद्यार्थी उपस्थित रहेको उक्त विरोध कार्यक्रममा अखिल क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समितिका सदस्यहरू खुमन ,सरद ,तार्जन,चुडामणि ,हिमाल लगाएतको उपस्थितिमा कार्यक्रमको अन्त्यमा विद्यार्थीहरुले चर्को स्वरमा भागरथिको परिवार लाई न्याय दे , नालायक केपी सरकार मुर्दावाद, संविधानमा फासिको व्यवस्था गर, हत्या,हिंसा र बलात्कार बन्द गर,बलात्कारी लाई फासी दे, भागरथीको हत्यामा संलग्न अपराधीलाई कार्वाही गर जस्ता नारा लगाएका हुन् ।

Facebook Comments