• २ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ट्राफिक प्रहरी बिद्यार्थीलाई ट्राफिक नियम सिकाउन व्यस्त




जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले बिद्यालयमा ट्राफिक सचेतना सम्बन्धि जनचेतना मुलक जानकारी दिन सुरु गरेको छ ।

जिल्लाका ट्राफिक नियम सम्बन्धि जानकारी नहुँदा दुर्घना बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले सानीभेरी गाउँपालिका ९ सिम्ली रहेको श्री राप्ति ज्ञानोदय माद्यामिक बिद्यालयमा ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिएको हो ।

ट्राफिक नियम सम्बन्धि जानकारी दिन र सबैले ट्राफिक सम्बन्धि जानकारी पाउन भन्ने उदेश्यले आफुहरुले उक्त तालिम दिदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी सहायक निरीक्षक लक्ष्मण बिकले जानकारी दिनुभयो ।

आज मंगलबार सिम्लीमा रहेको राप्ति ज्ञानोदय माद्यामिक बिद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका ४०० जना भन्दा बढी विद्यार्थीको सहभागीतामा ट्राफिक नियम सम्बन्धि जानकारी गराइएको हो । त्यस्तै प्रशिक्षणमा ट्राफिक भनेको के हो ?, सवारी आवागमन नियन्त्रण, ट्राफिक ईशारा तथा प्रयोग गरिने माध्यमहरुको बिषयमा जानकारी गराइएको हो ।

ट्राफिकहरुले बिद्यालयमा रहेका बिद्यार्थीहरु मार्फत जनचेतना तालिम दिनलागेको प्रति यहाँका स्थानियहरु खुसि भएको राप्ति ज्ञानोदय माद्यामिक बिद्यालयका शिक्षकहरुले बताउनुभयो । साथै बिद्यालयले प्रशिक्षण दिने ट्राफिकहरुलाई खाता ओडाएर सम्मान समेत गरेको छ ।

Facebook Comments