• २ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समाचार प्रभाव: अनावश्यक भाडाको बिषयमा स्थानीय तहको छड्के, बढी भाडा यात्रुलाई फिर्ता




रोल्पाको रुन्टीगढी गाउँपालिका ६ नं. वडामा अनावश्यक भाडाको बिषयमा प्राणमञ्च राष्ट्रिय मासिक,सिस्ने अनलाइन र रेडियो होलेरीबाट प्रकाशित /प्रशारण समाचार पश्चात् होलेरी -डुबृङ् हुँदै बोरीबाङ लगायत कच्ची सडक खण्डमा अनावश्यक उठाउदै आएको भाडादर फिर्ता गरिएको छ ।

कच्ची खडक खण्डमा भाडादरको बिषयमा ब्यापाक जनगुनाको आएपछि रुन्टीगढी गापाका उपाध्यक्ष छमाया पुन ,६ नं वडा कार्यालयका अध्यक्ष जगतबहादुर घर्ती , इकाला प्रहरी कार्यालय होलेरीका इन्स्पेक्टर शंकर खड्का र स्थानीय पत्रकारको सहकार्यमा गएको छड्के चेकिङ्गमा गाडी चालकले उठाउदै आएको भाडादर प्रतिकिलोमिटर ८ रुपैयाँ भन्दा बढी रकम यात्रुहरूलाई फिर्ता गरिएको हो ।

गाडी भाडा किलोमिटरका हिसाबले अत्यन्तै महंगो भएको र भाडा फिर्ता पाउँदा यात्रुहरू खुशी हुँदै आजकै दिनदेखि प्रतिकिलोमिटर ८ रुपैयाँ भन्दा १ रुपैया बढी भाडा नदिने र आफुलाई कुनैपनि समस्या परेको खण्डमा प्रहरीलाई तत्काल खबर गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

रुन्टीगढी गापा ६ वाबाङ निबासी देबिकला बुढाले यस अघिसम्म भाडाको बिषयमा केही जानकारी नहुदा १४ किलोमिटर भाडा १५० रुपैयाँ तिर्दै आएको र अबदेखि ११२ रुपैयाँ भन्दा भाडा नतिर्ने बताइन् ।

त्यस्तै सोही ठाँउ बोरिबाङ निबासी तिलसरी बस्नेतले खुशी हुँदै अबदेखि ११किलोमिटरको भाडा ८८ रुपैयाँ मात्र तिर्ने र यो बिषयमा गाउँका सबैलाई जानकारी समेत दिने बताइन् ।

त्यसैगरी बस चालक अनिल यादवले यो राम्रो बिषय भएको अताए । आफुहरुलाई काउन्टरले दिए अनुरुप भाडा उठाको र अबदेखि कच्ची सडकमा प्रतिकिलोमिटर ८ रुपैयाँ भन्दा अढी भाडा नलिले समेत उनले बताए ।

ईलाका प्रहरी कार्यालय होलेरीका इन्स्पेटर शंकर खड्काले भाडाका बिषयमा आएका व्यापक जनगुनासोलाई समाधान गर्ने कार्यमा आफुहरु निरन्तर लागि परेको बताए । होलेरीका सहायक कच्ची सडकमा बस चालकहरुले जिल्ला प्रशासन कार्यालयले तोकेको प्रतिकोमिटर ८ रुपैयाँ भन्दा बढी भाडा असुल्ने गरेको गुनासाहरु आएपछि आफुहरु अभियानकै रुपमा खटिएको र अहिले होलेरी- बलबाङको भाडादर समायोजन भइसकेको समेत उनले बताए ।

अब होलेरी-डुबृङको भाडादर प्रतिकिलोमिटर ८ रुपैयाँ भन्द १ रुपैयाँ बढी नदिन यात्रुहरूलाई भनिसकेको र कसैले बढी भाडा उठाउन खोजेमा तत्काल आफुलाई सम्पर्क गर्न समेत सबै यात्रुलाई अनुरोध समेत गरे ।

रुन्टीगढी गाउँपालिका ६ नं.वडा अध्यक्ष जगतबहादुर घर्तीले आफ्नो गाउँसम्म कति किलोमिटर बाटो छ भनी सचेत हुन आबश्यक भएको बताए ।कच्ची सडक खण्डमा प्रतिकिलोमिटर ८ रुपैयाँका दरले भाडा दिन समेत सबै यात्रुलाई अपिल गर्दै गाडीवालाले तोकिएको बढी भाडा मागेमा तुरुन्तै सम्बन्धित निकायमा खबर गर्नुपर्ने समेत उनले बताए ।

रुन्टीगढी गापाका उपाध्यक्ष छमाया पुनले यो समस्या सबै ठाउँमा भएको र यसको समाधानमा सबै यात्रुहरु भाडादरको बिषयमा जानकार हुनुपर्ने बताइन् । यस अघि अन्य ठाउँमा महंगो भाडादरका बिषयमा जनगुनासाहरु आएपछि आफुहरुले तत्काल फलोअफगरी तोकिएको भन्दा बढी रकम फिर्ता गर्न लागाएको समेत उनले बताइन् । यस्तो बिषयमा सबैजना सचेत हुन आग्रह गर्दै केही समस्या भएमा सम्बन्धित निकायलाई खबर गर्नुपर्ने पनि उनको भनाई थियो ।

Facebook Comments