• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मेयर कपको उपाधि लगातार दोस्रो पटक घोराही १८ लाई




घोराही उपमहानगरपालिकाले आयोजना गरेको मेयर कप फूटबलको उपाधि लगातार दोस्रोपटक वडा नम्बर १८ ले जितेको छ ।

अघिल्लो बर्ष पनि सो कप यही वडाले जितेको थियो । घोराही १८ का जर्सी नम्बर १४ नम्बर जर्सीका खेलाडीले शंकर भण्डारीको गोलसँगै घोराही १८ ले कप जितेको हो ।

घोराही १३ विरुद्ध भएको खेलमा घोराही १८ ले १–० गोलले पराजित गरेको हो । उपमहानगरपालिकाको स्थपना दिवसको अवसरमा आयोजना गरिएको खेलअन्तर्गत यसअघि सेमीफाइनलमा भएको विवादका कारण फाइनल ढिला भएको थियो ।

योसँगै घोराही १८ ले एक लाख पुरस्कार र कप जितेको छ भने उपबिजेता घोराही १३ ले ५० हजार पुरस्कार प्राप्त गरेको छ ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा कप र पुरस्कार बिजेताहरुलाई प्रदान गरिएको छ । मेयर कप फूटबल घोराही १८ स्थित नवलपुर मैदानमा भएको थियो ।

Facebook Comments