• २ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल दलित मुक्ति संगठन दाङमा कार्यविभाजन, फागुनभरि सबै वडासम्म भेला




नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष)निकट नेपाल दलित मुक्ति संगठन दाङले नेता कार्यकर्ताहरुको कार्य बिभाजन गरेको छ । जिल्ला सचिवालयको बैठकले कार्य बिभाजन गरेको हो ।

संगठनका जिल्ला अध्यक्ष टंक सुनारको अध्यक्षता एवं नेकपा लुम्बिनी प्रदेश सहइञ्चार्ज भागवत विश्वासीको प्रमुख आतिथ्यमा बसेको बैठकले सो निर्णय गरेको हो । जसअनुसार निर्वाचन क्षेत्र नम्बर १ को इञ्चार्जमा शशीराम परियार र सहइञ्चार्ज मोहनलाल बिक, क्षेत्र नम्बर २ को इच्चार्जमा निर्मला बिश्वकर्मा र सहइञ्चार्ज अर्जुन परियार तथा क्षेत्र नम्बर ३ को इञ्चार्जमा रुद्रसिंह बिक, सहइञ्चार्जमा प्रतिभा हमाला परियारलाई तोकिएको छ ।

त्यस्तै प्रदेश निर्वाचन क्षेत्र १ क को इञ्चार्जमा बिमल नेपाली र ख को इञ्चार्जमा गुरुप्रसाद बिक, प्रदेश निर्वाचन क्षेत्र नम्बर २ कको इञ्चार्जमा बिष्णु सुनार तथा सहइञ्चार्जमा गुमानसिंह बिक र तुलसीराम बिक, प्रदेश निर्वाचन क्षेत्र नम्बर ३ क इञ्चार्जमा डिला परियार, सहइञ्चार्ज लालबहादुर बिक तथा ३ ख इञ्चार्जमा गोपाल विश्वकर्मा रहनुभएको छ ।

त्यस्तै बबइ इञ्चार्जमा जयराम बिक, शान्तिनगर इञ्चार्जमा राजेन्द्र परियार, दंगीशरण इञ्चार्जमा भरत परियार, तुलसीपुर इञ्चार्जमा प्रकाश परियार, घोराही इञ्चार्जमा डिलाराम बिश्वकर्मा र सहइञ्चार्ज प्रकाश बिक, बंगलाचुलीमा प्रेम दमाइ, राप्तीमा बसन्त नेपाली सार्की, गढवामा बिष्णु सुनार, लमहीमा बिमल नेपाली र नमसरा बिक तथा राजपुरमा मोहनलाल बिक तोकिएको जिल्ला सहसंयोजक हिरालाल सुनार ‘सारथी’ले जानकारी दिनुभयो ।

बैठकले संगठन बिभाग प्रमुखमा पोषण नेपाली र उपप्रमुख धनबहादुर बिक, आर्थिक बिभाग प्रमुखमा कमल कुमाखी र उपप्रमुख बिनोद बिक, प्रचार बिभाग प्रमुखमा निर्मला बिक र उपप्रमुख मञ्जु बिक तथा युवा सांस्कृतिक र अतिरिक्त विभाग प्रमुखमा गिरबहादुर बिक र उपप्रमुखमा मिसन गुर्ताललाई चयन गरेको छ ।

बैठकले सबै पालिकामा भेला गर्न मिति पनि तय गरेको छ भने पार्टीले फागुन २१ गते गर्ने बिशाल जनसभालाई सफल बनाउने निर्णय पनि गरेको छ । त्यस्तै फागुन २५ सम्म सबै वडा तहसम्म भेला गरी फागुन मसान्तसम्म वृहत जिल्ला भेला गर्ने निर्णय गरिएको सहसंयोजक सुनारले जानकारी दिनुभयो ।

बैठकमा प्रमुख अतिथि विश्वासी, नेकपा दाङका सचिव तुलसीराम पुन, नेताहरु मानबहादुर रसाइली, खर्के सुनारलगायतले सम्बोधन गर्नुभएको थियो ।

Facebook Comments