• २ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भगिरथी हत्याको बिरोधमा दाङमा राजमोको प्रदर्शन




भगिरथी भट्ट को बलात्कार र बलात्कार पछिको हत्याका विरुद्धमा राष्ट्रिय जनमोर्चा दाङले घोराहीमा बिरोध कार्यक्रम गरेको छ ।

बिरोध सभालाइ सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले बलात्कार र बलात्कार पछिको हत्याको सृङ्खलाले सचेत नागरिक लाई लज्जित पारेको र समृद्धिको कुरा गर्नेहरुको धज्जी उडेको कुरा बताउनु भयो ।

सरकार बलात्कारी र हत्यारालाइ सजाय नगरेर बलात्कारीहरु लाई प्रोत्साहन गर्ने कामले यश प्रकारका सृङ्खलाहरु थपिदै गएको तथा ओलि सरकार निरंकुश र फासिबादी बाटो तर्फ लम्किदै जान थालेको ले यसको आम नागरिकले बिरोध र भन्डाफोर गर्नु पर्ने कुरा बताउनु भयो ।

कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष रामबहादुर घर्ती, अखिल छैठौं केन्द्रिय सदस्य खगेन्द्रा बिस्ट अखिल नेपाल किसान महासंघ जिल्ला सदस्यीय मनिराम खनाल लगायतले मन्तब्य राख्नु भएको थियोे भने सहजीकरण जिल्ला सदस्य कृष्णा राना ले गर्नु भएको थियोे ।

Facebook Comments