• २ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अपाङ्ग सशक्तिकरण कार्यक्रम समापन




नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र दाङ शाखाको आयोजनामा घोराही उपमहानगरपालिका वडा नं. ११ मा संचालित शसक्तिकरण कार्यक्रम सोमबार सम्पन्न भयो ।

शाखाका अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा एवं वडा नं. ११ का अध्यक्ष कुलबहादुर लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको थियो । कार्यक्रममा बोल्ने सहभागिहरुले आफूहरुलाई सिपमुलक तालिम पनि आवश्यक रहेको बताएका थिए ।

दुईदिन सम्म चलेको तालिम समापन गर्दै वडाध्यक्ष लामिछानेले वडाका तर्फबाट अपाङ्गता भएकाहरुलाई सक्दो सहयोग गर्ने बचनवद्धता जनाउनुभयो । उहाँले अघिल्लो बर्ष सहायक सामग्री वितरण गरिएकोमा यस बर्ष अभिमुखिकरण कार्यक्रम गरिएको भन्दै अर्को बर्ष सिपमुलक कार्यक्रम संचालन गर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागिहरु कालीप्रसाद थारु र आशा रोकाले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन केन्द्रका कार्यालय प्रमुख विक्रम तामाङले गर्नुभएको थियो । २० जना सहभागि रहेको तालिमका प्रशिक्षकहरुमा शरद अधिकारी, श्रीमन न्यौपाने, भुमा चौधरी र विक्रम तामाङ हुनुुहुन्थ्यो ।

Facebook Comments