• २ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यालय ब्यवस्थापन समितिमा दलीय प्रतिष्पर्धा, ओली–कांग्रेस प्यानललाई हराउँदै प्रचण्ड–नेपाल प्यानल बिजयी




दाङको राजपुर गाउँपालिकास्थित एक विद्यालय व्यवस्थापन समितिको चुनावमा नेकपा केपी ओली पक्ष र नेपाली कांग्रेसको संयुक्त प्यानललाई नेकपाको प्रचण्ड–नेपाल पक्षले पराजित गरेको छ ।

राजपुरको वडा नंं २ स्थित जनज्योति माध्यमिक विद्यालय मटेरियाको व्यवस्थापन समिति अध्यक्षको निर्वाचनमा प्रचण्ड–माधव पक्षका अमरराज गिरीको प्यानल विजयी भएको हो ।

निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद शर्माका अनुसार ७ सय २५ अभिभावकमध्ये ६ सय ५८ जनाले मतदान गरेकामा प्रचण्ड माधव पक्षका उम्मेदवार गिरीले ३ सय ३६ मत प्राप्त गर्नुभयो भने भने र ओली पक्ष र कांग्रेसको गठबन्धनका उम्मेदवार ओमप्रकाश यादवले २ सय ९७ मत मत प्राप्त गर्नुभएको छ ।
यस्तै व्यवस्थापन समिति सदस्यहरुमा पनि प्रचण्ड–माधव पक्षका रामप्रसाद यादवले ३ सय २३ मत, सीमा विकले ३ सय २१ मत र सीमा चौधरीले ३ सय २७ मत प्राप्त गरी विजयी भएका छन् ।

ओली समूह र कांग्रेसको संयुक्त प्यानलका उमेदवारहरु मनोज चौधरीले २ सय ८९ मत, भेगी डाँगीले २ सय ९९ मत र दिलमाया पुनले २ सय ९३ मत प्राप्त गरेका निर्वाचन संयोजक शर्माले जानकारी दिनुभयो ।

यसैबीच नेकपा राजपुरका अध्यक्ष चन्द्रबहादुर खड्का ‘शिखर’ बिजयी सबैलाई बधाइ दिंदै मतदाताहरुलाई धन्यवाद दिनुभएको छ । मतदाताले दिएको अमूल्य योगदानको उच्च कदर गर्दै विद्यालयको भौतिक र शैक्षिक प्रगतिमा विद्यालय ब्यवस्थापन समिति र बिद्यालय प्रशासनलाई पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।

Facebook Comments