• २ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि रझेनामा पूर्व विद्यार्थीहरु संगठित, शान्ता गिरीको अध्यक्षतामा तदर्थ समिति गठन




माध्यामिक विद्यालय रझेना दाङमा पूर्वविद्यार्थीहरु संगठित भएका छन् ।

पूर्व विद्यार्थीहरुबीच सम्पर्क सम्बन्ध स्थापित गर्दै विद्यालयको भौतिक र शैक्षिक प्रगतिका लागि सहयोग गर्ने गरी पूर्व विद्यार्थीहरु संगठित भएका हुन् ।

पूर्व विद्यार्थीहरुको भेलाले शान्ता गिरीको अध्यक्षतामा पन्ध्र सदस्यीय पूर्व विद्यार्थी समाज मावि रझेना तदर्थ समिति गठन गरेको छ । जसको सचिवमा ओबिन्द्रबहादुर महरा रहनुभएको छ ।

भेलामा पूर्वविद्यार्थी एवं नेकपा दाङका इञ्चार्ज जीवन गौतम, पूर्व विद्यार्थी एवं घोराही १५ का अध्यक्ष्ँ रमेश पाण्डे, पूर्वविद्यार्थी एवं पद्योदय माविका सहायक प्रअ लोकबहादुर बस्नेत, पूर्वविद्यार्थी एवं जनज्योति माविका पूर्वप्रअ हिक्मत थापालगायतले बोल्नुभएको थियो ।

भेलाले चाँडै पूर्वविद्यार्थीहरुको वृहत भेला गरेर पूर्वविद्यार्थीहरुबीच थप सम्बन्ध र सम्पर्क स्थापित गर्दै विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्ने निर्णय गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्षसमेत रहेका पूर्वविद्यार्थी जीवन गौतमले जानकारी दिनुभयो ।

Facebook Comments