• २ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजमोको वडामा सभा, टोलमा समिति अभियान




राष्ट्रिय जनमोर्चा दाङले वडामा सभा र टोलमा समिति गठन अभियान शुरु गरेको छ ।

सोही क्रममा राजमोले घोराही ३ बर्गद्धा र कुहिरेपानी चोकमा कोण सभा, प्रचा बितरन र राजमोको सदस्यता प्रदान कार्यक्रम गरेको छ ।

कोणसभालाई राजमो दाङका अध्यक्ष गणेश आचार्यले दुबै सभालाई सम्बोधन गर्नुभयो । सम्बोधनको क्रममा अध्यक्ष आचार्यले देशमा अहिले नेकपाको सरकार र पार्टीको कारणले देशको गणतन्त्र र संविधान घाइते अबस्थामा छट्पटाइरहेको छ, देशको रास्टियता कम्जोर बनेको , अस्थिरता उत्पन्न भएको र के पि वलिको स्वच्छाचारी प्रवृत्ति हाबी भएको बताउनुभयो । त्यसकारण आन्दोलनको बलबाट संसदको पुनर्स्थापना नै आजको आवश्यकता भएको उहाँले बताउनुभयो ।
दुबै कोणसभाको सहजीकरण राजमो घोराही उपमहानगरका उपाध्यक्ष मनिराम खनालले गर्नुभएको थियोे ।

Facebook Comments