• २ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुथाउत्तरगंगा गाउँपालिका १२ मा दुइ बर्षपछि विद्युत प्रसारण सुचारु




रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका १२ मा करिब २ वर्ष पछि विद्युत प्रसारण सुचारु भएकाे छ ।

ओख्मा खाेला लघु जलविद्युतबाट पहिले नै विस्तार गरेता पनि ट्रास्फर्मर बिग्रेकोले अन्धकार रहेकाे काेल गाउँमा विद्युत प्रसारण सुचारु भएकाे हाे ।

करिब चार सय घरधुरी लाभान्वित हुने गरि बिस्तार भएकाे विद्युतमा पटकपटक समस्या अाउदा अन्धकार भैरहेकाे काेलमा विद्युत सुचारु हुदा स्थानिय हर्षित भएका छन ।

त्यस्तै अाेख्मा खाेला लघु जलविद्युत बाट नै प्रसारण भइरहेकाे पिपलटुङमा पनि विद्युत प्रसारण सुचारु भएकाे छ । दुबै ठाउँमा ट्रान्सर्फमर बिग्रेकाे र कतै कतै विस्तार लाइनमा समस्या रहेकाेमा बिग्रेको विस्तार लाइन बनाएर नयाँ ट्रान्सर्फमर जडान गरे पछि विद्युत प्रसारणमा अाएकाे अाेख्मा खाेला लघु जलविद्युत उपभोक्ता समितीका सचिव सुरेन्द्र रसाइलीले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाकाे १० लाख र १३ नं. वडाकाे ५ लाख गरि १५ लाखले ट्रान्सर्फमर लगायत अन्य सामाग्री खरिद गरि जडान गरिएकाे र बिग्रेको विद्युत विस्तार बनाए पछि विद्युत प्रसारणमा अाएकाे हाे ।

Facebook Comments