• ५ आश्विन २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रगतिशील पत्रकार संघ उदय जीएमको नेतृत्वमा महासङ्घमा जाने




प्रगतिशील पत्रकार संघ नेपालले श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलब बिनाशर्त उपलब्ध गराउन मिडिया हाउसहरुलाई आग्रह गरेको छ । सेवासुविधासहित श्रमजीवी पत्रकारहरुलाई तलब तथा पारिश्रमिक उपलब्ध गराउन आग्रह गर्दै पारिश्रमिक नदिने मिडिया हाउसहरुलाई दवाव दिने र पारिश्रमिक नदिने मिडिया हाउसहरुलाई प्रगतिशील पत्रकार संघले कारवाहीको माग गरेको छ ।

प्रगतिशील पत्रकार संघ, नेपाल केन्द्रीय समितिको यही माघ २१ र २२ गते लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा बसेको बैठकका निर्णय सार्वजनिक गर्दै संघका सचिव श्यामलाल पोखरेलले विज्ञप्तिमार्फत त्यस्तो माग गरेका हुन् । कोरोनाका कारण कामबाट निकालिएका पत्रकारहरुलाई काम गर्ने वातावरणसहित काममा फिर्ता बोलाउन आग्रह गर्नुभएको छ ।

बैठकले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा केन्द्र, प्रदेश र सबै जिल्लाहरुमा सर्वसम्मत बनाउनका लागि पहिलो प्राथमिकता दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । महासंघको नेतृत्व सर्वसम्मत हुन नसकेमा संयुक्त प्यानल बनाउनुपर्ने र संयुक्त प्यानल पनि सम्भव नभएमा प्रगतिशील पत्रकार संघ, नेपालले एकल प्यानल बनाएर महासंघको निर्वाचनमा जाने निर्णय समेत गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघका अध्यक्ष उदय जीएमको नेतृत्वमा नेपाल पत्रकार महासंघको केन्द्रमा जाने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । महासंघको निर्वाचनका लागि सञ्चारसम्बद्ध संघ÷संगठनहरुसँग वार्ताका लागि प्रगतिशील पत्रकार संघले वार्ता समितिसडमेत गठन गरेको छ । उदय जीएमको संयोजकत्वमा श्यामलाल पोखरेल, प्रकाश थापा, गोपाल बराइली र राम सुवेदी सदस्य रहेको वार्ता समित गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी प्रगतिशील पत्रकार संघले देशका सबै प्रदेशहरुमा प्रदेश समिति गठन गरी संयोजक र इन्चार्जसमेत तोकेको छ । प्रदेश १ मा गोपाल बराइलीलाई जिम्मा दिइएको छ । प्रदेश २ मा संयोजक हरि सापकोटा र इन्चार्जमा महेश रिजाललाई चयन गरिएको छ ।

बाग्मती प्रदेश समितिको इञ्चार्जमा प्रकाश थापामगर र संयोजक रमेश पौडल, गण्डकी प्रदेशमा इन्चार्ज रामनारायण सुवेदी र संयोजक तारा शर्मा रहनुभएको विज्ञप्तिमा जानकारी गराइएको छ । त्यस्तै लुम्बिनी प्रदेश समितिको इञ्चार्ज श्यामलाल पोख्रेल र संयोजक मोहन बेल्वासे, कर्णाली प्रदेशमा इञ्चार्ज गिरीप्रसाद बुढामगर र संयोजक जीवन शाही रहनुभएको छ । सुदूरपश्चिम प्रदेशको इञ्चार्ज विनोद पौडेल र संयोजक केशवनाथ योगीलाई तोकिएको छ ।

त्यस्तै प्रगतिशील पत्रकार संघ, नेपालले सामुदायिक रेडियो प्रसारक संघ (अकोर्याब) हेर्नेगरी शुक्रराज भण्डारी संयोजक र रामनारायण सुवेदी सदस्य रहेको समिति बनाएको छ । त्यस्तै, विधान संशोधन मस्यौदाका लागि प्रकाश थापामगरको संयोजकत्वमा श्यामलाल पोखरेल र विद्यानाथ अधिकारी सदस्य रहेको समितिसमेत गठन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिाधिसभा विघटनको कदमलाई प्रतिगामी र असंवैधानिक भन्दै संसद पुनस्र्थापनामा जोड दिइएको छ । विज्ञप्तिमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै संसद पुनस्र्थापनाका लागि गरिएका आन्दोलनहरुप्रति ऐक्यवद्धता पनि व्यक्त गरिएको छ ।

Facebook Comments