• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खानेपानी समितिको पदाधिकारीमा निर्वाचन, ओली–कांग्रेस प्यानललाई हराउँदै प्रचण्ड–नेपाल प्यानल बिजयी




दाङको एक खानेपानी समितिको पदाधिकारीमा दलीय प्रतिष्पर्धा भएको छ ।

घोराही उपमहानरपालिका १२ स्थित हापुर खानेपानी उपभोपक्ता समिति स्किम नम्बर २ हापुरमा भएको दलीय निर्वाचनमा प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको प्यानल बिजयी भएको छ ।

जसको अध्यक्षमा जयबहादुर बुढा, सचिवमा राजबहादुर परियार ‘राजु कान्छा’ र कोषाध्यक्षमा नरबहादुर बुढामा निर्वाचित हुनुभएको छ । उहाँहरु उउटै प्यालनबाट चुनाव लड्ुनुभएको थियो ।

दश जनाको कार्य समितिबाट दुइ प्यालन भएर चुनाव लडेका थिए । जसअनुसार अध्यक्षमा प्रचण्ड–नेपाल प्यानलबाट बुढा तथा ओली–कांग्रेस प्यानलबाट टेकबहादुर भण्डारी, सचिवमा दीर्घराज न्यौपाने र कोषाध्यक्षमा प्रकाशचन्द घिमिरे चुनाव लडे पनि कांग्रेस–ओली प्यानलका भण्डारी, न्यौपाने र घिमिरे पराजति हुनुभएको छ । यद्यपि उहाँहरु पनि सदस्य भने रहनुभएको छ ।

सदस्यमा टेकबहादुर भण्डारी, दीर्घराज न्यौपाने, प्रकाशचन्द्र घिमिरे, कौशिला बिक, रेवती सुनार, रुक्मिना न्यौपाने र गोविन्द गौतम रहनुभएको छ । समितिअन्तर्गत साढे छ सय उपभोक्ता रहेका छन् ।

Facebook Comments