• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनेरास्ववियूको जागरण अभियान बंगलाचुलीमा




नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष) निकट अनेरास्ववियूले विद्यार्थी जागरण अभियानलाई बंगलाचुली पुर्याएको छ ।

सोही क्रममा बंगलाचुली ५ मा रहेको सुधा मा वि झेल्नेटामा भेला सम्पन्न भएको छ । भेलाले विशाल रोका मगरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा प्रबिण महरा र सुनिता डांगी , सचिबमा हिरालाल डांगी ,सह सहसचिबहरुमा लिलेश पुन र बिमला सारु मगर , कोषाध्यक्षमा बिमला दर्लामी , संगठन बिभाग प्रमुखमा मुमान सिंह बुढा , खेलकुद बिभाग प्रमुखमा खेमराज ओली र छात्रा बिभाग प्रमुखमा पुजा रावत रहनु भएको छ ।

यसै गरि महेन्द्र मा वि श्रीवारीमा पनि भेला सम्पन्न भएको छ भेलाले खिम बहादुर नेपालीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।जसको उपाध्यक्षहरुमा मदन जिसि र तुल्सी डांगी, सचिबमा रिजन रावत , सह सचिबहरुमा किरण केसी र बिमल ओली , कोषाध्यक्षमा इन्द्र गिरी, संगठन बिभाग प्रमुखमा छबिलाल गिरी, खेलकुद बिभाग प्रमुखमा जीवन डांगी र छात्रा बिभाग प्रमुखमा सृजना ओली रहनु भएको छ ।

यसैगरी महेन्द्र मा वि स्युजामा पदम पुनको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा शान्ती बिक , हुम बहादुर पुन र पुर्ण बिक , सचिबमा अनुशा कार्की , सह सचिबहरुमा अश्मिता भण्डारी , निराजन बिक र सुमित्रा केसि , कोषाध्यक्षमा सुसान सुनार , खेलकुद बिभाग प्रमुखमा चिराग पुन , संगठन बिभाग प्रमुखमा दामोदर नेपाली र छात्रा बिभाग प्रमुखमा बबिता कंवर रहनु भएको छ ।

अनेरास्ववियूका कार्यालय सदस्य तथा क्षेत्र न २ का क्षेत्रीय इन्चार्ज गिरबहादुर महराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियूका सचिवालय सदस्य गोबिन्द मल्ल , सुशील परियार , डिभाइड शर्मा , अनेरास्ववियूका जिल्ला कमिटी सदस्य मनिष पान्डे , झकेन्द्र परियार अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पसका नेताहरु दामोदर भन्डारी र आकाश बिश्वकर्माले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि महराले विद्यार्थीहरु राजनीतिकरुपमा पनि सचेत हुनुपर्ने बताउनुभयो । जनतामा पर्याप्त राजनीतिक चेतना नहुँदाको फाइदा उठाएर प्रतिक्रियावादी तत्वहरुले उपयोग गर्ने गरेको बताउँदै उहाँले विद्यार्थीहरुले सामाजिक तथा राजनीतिक जागरणको नेतृत्व गर्नुपर्ने बताउनुभयो । विद्यार्थीहरुले आफ्नो नियमित पठनपाठनसँगै सामाजिक र रानीतिक क्षेत्रको अगुवाइ गर्ने गरी विकास गर्नुपर्ने धारणा राख्दै उहाँले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक कूको बारेमा जनताको बीचमा बुझाउनुपर्ने र त्यसको अगुवाई विद्यार्थीले गर्नुपर्ने पनि बताउनुभयो ।

Facebook Comments