• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्ञानदीप कलेजमा पत्रकारिताको बहस




दाङ्को तुलसिपुरमा रहेको ज्ञानदीप कलेजमा पत्रकारिता ,सम्भाब्यता,अबसर र चुनौतिहरु र डिजिटल पत्रकारिता र न्युज मिडियाको विषयमा अन्तर्कृयात्मक कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम मा दुई वटा छुटाछुटै शीर्षकमा बिज्ञबाट अन्तर्कृया संचालन गरिएको थियो ।

बिद्यालयका सहायक प्रचार्य मनोज केसि को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती नेपाल पत्रकार महासङ्घका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बिपुल पोखरेल हुनुहुन्थ्यो । आमसञ्चार तथा पत्रकारिताका विद्यार्थीहरुले क्ष्मता बिकास र यस्को सम्भावनाका लागि गरिएको उकक्त कार्यक्रममा तुलसीपुरमा रहेको कृयासिल पत्रकारहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको पहिलो सेसनमा पत्रकार बिपुल पोख्रेल, लक्ष्मि आचार्य र वसन्त आचार्यले पत्रकारितामा सम्भाबना,अबसर र चुनौतीहरुको बहस गर्नुभएको थियो । र यस कार्यक्रमको सहजीकरण बिद्यार्थी अङ्कित आचार्यले गर्नुभएको थियोे ।

त्यस लगतै डिजिटल मिडिया अथार्थ न्यु मिडियामा पत्रकार लेलिन बन्झाडे,सरद रेग्मी, धुर्बराज न्योपाने, गोपाल शर्मा भटराई, दिपक बोहरा र आभास बुढाथोकीले बह्स गर्नुभएको थियोे भने त्यस कार्यक्रमको सहजीकरण विद्यार्थी जलन भुसालले गर्नुभएको थियोे ।

कलेजका एकेडमीक कोडिनेटर सरद गौतमले स्वागत मन्तब्य गर्दै सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक दुर्गालाल के सि ले गर्नु भएको थियोे ।

Facebook Comments