• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रपति र प्रधानमन्त्रीले संविधान धुजाधुजा पारेः चौधरी




प्रधानमन्त्री केपी वलि र राष्ट्रपति विद्यादेवि भण्डारीले अझै पनि आफुलाई सच्याउने प्रयास गरेनन् भने जनताले बालुवाटार बाट निकालेर पछार्ने बताउनुभयो ।

नेपालकाे कम्युनिस्ट आन्दाेलनलाई ध्वस्त पार्न तर्फ प्रधानमन्त्री केपी वलि लागि परिरहेकाे विचार राख्दै, संविधानकाे रक्षा गर्ने नेपालकाे राष्ट्रपति विद्यादेवि भण्डारी प्रधानमन्त्री केपी वलिकाे पक्षमा लागेर संविधान निल्ने काम गरिरहेका सदस्य चाैधरीले बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बर्दिया नगर कमिटीले आयाेजना गरेको गुलरिया नगर स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै सदस्य चाैधरीले नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छैन, पार्टी अझ बलियो भएको तर्क राख्नुभयाे ।

उहाँले कार्यकर्तालाई पार्टी संकटमा परेको बेला कसैकाे पर्खाइमा नबस्न आग्रह गर्दै, पार्टी संकटमा परेको बेला भाग्ने र विशाल पार्टी भएको बेला अवसर खाेज्ने त्यस्ता कार्यकर्ता नभइ अवसरबादी रहेको बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गुलरिया नगर कमिटी बर्दिया अध्यक्ष काेलराज पुरीकाे अध्यक्षता एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, मेटमणी चाैधरीकाे प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा (नेकपा) का केन्द्रीय सदस्य तिलक शर्मा हिमाल, नेकपा जिल्ला बुद्धिजीवी दाङ जिल्ला प्रमुख भुमाण्डप केसी, बर्दिया जिल्ला कमिटी सदस्य गेहेन्द्र ढकाल, डिल्लीराम अर्याल, इन्द्रबहादुर रावल, आदावासि जनजाति महासंघ नेपालकाे केन्द्रीय सचिवालय सदस्य रामप्रसाद चाैधरी लगायतले बाेल्नु भएको थियोे । कार्यक्रमकाे सहजिकरण गुलरिया नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष प्रताप गाैतमले गर्नुभएको थियो ।।

Facebook Comments