• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा घोराही अध्यक्षमा बस्नेत, लमहीमा घिमिरे, बबइमा पुन र दंगीशरणमा चौधरी




नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष) दाङले रिक्त रहेका स्थानीय तहका पदाधिकारी मनोनित गरेको छ । पार्टी विभाजनसँगै ओली पक्षमा लागेर रिक्त रहेका पदाधिकारीमा मनोनित गरिएको हो ।

जिल्ला कार्यालयको बैठकले गरेको निर्णयअनुसार घोराही उपमहानगर कमिटी अध्यक्षमा गेहेन्द्र बस्नेतलाई मनोति गरिएको हो । पार्टी उद्योग विभाग प्रमुख रहेका बस्नेतलाई अध्यष मनोनित गरिएको हो ।

त्यस्तै लमही नगर कमिटी अध्यक्षमा शोभा घिमिरे, बबई गाउँ पालिका कमिटी अध्यक्षमा डिलबहादुर पुन, तुलसीपुर उपमहानगर कमिटी सचिबमा डिल्ली डांगी, दंगिसरण गाउँ पालिका कमिटी अध्यक्षमा ज्योति चौधरी, राप्ती गाउँ पालिका कमिटी सचिबमा गिरिराज पौडेल र बंगलाचुली गाउँ पालिका कमिटी सचिबमा दामोदर खड्कालाई मनोनित गरिएको कार्यालय सदस्य सुरामणि बेल्बासेले जानकारी दिनुभयो ।

Facebook Comments