• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमि सामाजिक सहकारीको सातौ साधारणसभा




भूमि समाजिक उद्यमी सहकारी संस्था लि घोराही १४ को सातौ वार्षिक साधारण सभा शनिवार घोराहीमा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष दीपकुमार बुढामगरको अध्यक्षता एवं राष्टिय सहकारी वैकका शाखा प्रमुख नारायण वेल्वासेको प्रमुख आतिथ्यमा भएको थियो ।

तिन वर्षको प्रगतिले नाफामा पुगेको सहकारी भनेर प्रमुख अतिथि वेल्वासेले प्रसंसा गर्नुसा गर्नुभयो । उहाँले अँझै जाँगर गर्न आग्रह गर्नुभयो । उहाँकाअनुसार त्यस अघि घाटामा रहेका सहकारी अहिले बोनस बाड्ने स्तरमा उक्लिएको छ । अझै प्रगति गर्न सहकारी वैंकबाट धितो र विना धितोको ऋण दिने घोषणा गर्नुभयो । ल्याएर सहकारी सदस्यलाई उद्यमी बनाउन उहाँको आग्रह थियो । सहकारीलाई सहमतिका साथ अघि बढाउन आग्रह गर्नुभयो ।

निष्कृय १७ जनालाइ निश्कासन गरीएको सचिव खेमराज मल्लको प्रतिवेदनमा उल्लेख थियो । उहाँले प्रस्तुत गरेको प्रगति प्रतिवेदन अनुसार अहिले तिन सय ८५ सदस्य रहेका छन् । यस वर्ष एक हजार पुयाउने लक्ष्य छ । यसैगरी कोषाध्यक्ष सितलाल पुनको आर्थिक प्रतिवेदन अनुसार सातप्रतिशत लाभांस वितरण गर्ने लक्ष्य छ । घाटा पुर्तिगरेर नाफा कमाउन थालेको छ । लकडाउनले चार महिना सम्म सहकारी बन्द भएर पनि यस वर्ष प्रगति गरेको छ ।

मार्केटमा जाने कर्मचारीले गाली गलैच तथा तिरस्कार सहेर पनि मेहनत र लगनशिल भएर काम गरेको सहकारीका प्रमुख सल्लाहकार चन्द्रज्योति बुढा मगरेको भनाई थियो । उहाँले अरुको कामगराईको शैलि चोरेर आफ्नो विकास गर्न सुझाव दिनुभयो । तिन वर्ष देखि सुखको सास फेर्न थालेको अध्यक्ष दिपकुमारले बताउनुभयो । उहाँले सानो ठुलो सबै वचत आफ्नै सहकारीमा ल्याउन आग्रह गर्नुभयो । उहाँका अनुसार अहिले ८० जना शेयर सदस्य छन् । सबैले शेयर पुँजी थप गरेर सहकारीलाई ठुलो बनाउन जरुरी रहेको छ ।

सहकारी संस्थाका सदस्य प्रेमबहादुर खत्री क्षेत्रीले स्वागत गर्नुभएको कार्यक्रममा विशिष्ट अतिथि नन्दविर बुढामगर लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव खेमराज मल्लले गर्नुभएको थियो ।

Facebook Comments