• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टेलिकमको नेट, फोन र टिभि विस्तार अभियान




दु्रत गतिको ईन्टरनेट सेवा दिन घोराहीमा नेपाल टेलिकमले अभियान थालेको छ । घोराही १४ नयाँ बजार स्थित कार्यालयबाट पश्चिम तर्फ डोजरले खन्न शुरु गरेको छ । त्यसमा ठुलो पाइप मार्फत फाइवर विच्छ्याएर सेवा दिने प्रमुख अमरनाथ योगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल टेलिकम घोराहीले इन्टरनेट, टेलिभिजन र फोन सेवा एकिकृत रुपमा दिने भएको छ । यस पटक नेपाली सेनाको व्यारेक ढोडेनी, मिलनचोक हुँदै रतनपुर सम्म लैजाने योजना छ । फाइवर विच्छ्याई सकेपछि सेवा शुरुवात गरीने प्रमुख योगिले बताउनुभयो । उहाँका अनुसार जता माग बढि हुन्छ त्यतै चाँडो फाइवर विच्छ्याउने कार्यक्रम छ । फाईवर विच्छ्याएर सेवा सुरुवात गरेपछि द्रत गतिको वाईफाइ चल्ने छ ।

थोरै महशुलमा दु्रत गतिको इन्टरनेट सेवा दिने प्रमुख योगीले जानकारी दिनुभयो । विगत केहि वर्ष देखि घोराही १८ का ढोडेनी, फुर्सेखाली गिठेपानी लगाएतका क्षेत्रमा दु्रत गतिको इन्टरनेट फाइवर टु द होम सेवा सञ्चालनमा ल्याएको थियो ।

इन्टरद्दनेट चाँडो चल्ने, भिडीयो हेर्न मिल्ने, अनलाईन कक्षा पढ्न सजिलो, विदेश रहेका संग देखादेख गरेर भिडियो कल गर्न मिल्ने जस्ता फाइदा पाएको सेवाग्राहीको भनाई छ । उनिहरुका अनुसार सिम बाट डाटा चलाउँदा दुःख पाएका थिए । फाइवर बाट नेट पुगेपछि आनन्द भयो ।

त्यहाँ जमिन माथि विद्युतका पोल मार्फत तार तानिएको थियो । अहिले जमिन मुनिवाट अप्टीकल फाइवर तार तानेर सेवा दिन लागेको छ । यस पटक मिलन चोक, रतनपुर, सरर्रा, क्रिजल पटोलपम्प, अटो भिलेज लगाएतका क्षेत्रमा विस्तार गर्न खोजीएको प्रमुख योगीले जानकारी दिनुभयो ।

टेलिकम जस्तो संस्थाले दिर्घकालका लागि सोच्नुपयो प्रमुख योगीले भन्नुभयो, २० सौँ वर्ष सम्म टिक्ने गरी घोराही नगरभरी विस्तार गर्ने योजना छ । उहाँका अनुसार कोभिड १९ ले काम गर्न ढिला गरेको हो । नत्र यति वेला नगरभरी वाईफाइ विस्तार भइसकथ्यो । चाईनाबाट समयमा सामग्री नआउँदा टेलिभिजनको कार्यक्रम पनि ढिलो भएको हो ।

यतिवेला काठमाण्डौमा टेलिभिजन सहितको इन्टरनेट शुरु भएको छ । टेलिभिजन सेवा घोराहीमा चाँडै ल्याइने प्रमुख योगीले बताउनुभयो । त्यसपछि भ्वाइस, डाटा र टिभिको सेवा एकैचोटि लिने सुविधा आउने छ ।

Facebook Comments