• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दलित मुक्ति संगठन दाङको भेला, संयोजकमा टंक र सहसंयोजकमा हिरा




नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष)निकट नेपाल दलित मुक्ति संगठन दाङको भेला तुलसीपुरमा सम्पन्न भएको छ ।

भेलालले टंक सुनारलाई संयोजक र हिरालाला सुनारलाई सहसंयोजक बनाएको छ । एक सय ५५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको सो संगठनले जनाएको छ ।

नेपाल दलित मुक्ति मोर्चा र उत्पीडित जातीय मुक्ति समाजका सबै जिल्ला कमिटी रहने र बाकी बैठक बाट थप्ने निर्णय गरिएको संयोजक सुनारले जानकारी दिनुभयो ।

भेलाको उद्घाटन नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले गर्नुभएको थियो ।

भेलामा नेकपाका केन्द्रीय सदस्य नारायणी शर्मा, जिल्ला अध्यक्ष टीकाराम खड्का, राजु परियार, बिजय बिक, बासुदेब बिक, राधिका परियार, खर्के सुनार, मानबहादुर रसाइली, साबित्रा बिकलगायतले बोल्नुभएको थियो ।

Facebook Comments