• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा राष्ट्रिय दलित संग्रहालय बनाउन शुरु




कमल खड्का

रोल्पामा राष्ट्रिय दलित संग्रहालय निर्माण हुने भएको छ । रोल्पा नगरपालिकाको वडा नम्बर ६ कोटगाउँको कालाथोकमा उक्त संग्रहालय निर्माण हुने भएको हो ।

पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले संग्रहालयको शिलान्यास गर्नुभएको छ । दलित समुदायसँग सम्बन्धित विभिन्न बस्तुहरु राख्ने गरी संग्रहालय निर्माण गर्न लागिएको छ ।

पूर्वमन्त्री तथा नेकपा स्थायी समिति सदस्य पुनले दलित संग्रहालय ऐतिहासिक हुने र यसमा दलित समुदायसँग सम्बन्धित सबै कुरा समेटिनुपर्ने बताउनुभयो । ‘पहाडी दलितको विषय त आउने नै भए, त्यसबाहेक तराई मधेश, हिमाल तथा देशभर रहेका दलितको इतिहास पनि समेटिनुपर्छ’– पूर्वमन्त्री पुनले भन्नुभयोे– ‘राष्ट्रिय दलित संग्रहालय भएकाले पनि देशभरका दलित सम्पदा अटाउनुपर्छ ।’

संग्रहालय निर्माणका लागि रोल्पाबाट निर्वाचित सांसद पुनले संसद पूर्वाधार विकास बजेटबाट १२ लाख विनियोजन गर्नुभएको छ । उक्त बजेटबाट निर्माण प्रारम्भ गर्ने र बहुबर्षीय योजना पारेर अघि बढाउने तयारी गरिएको संग्रहालय सञ्चालक समितिका अध्यक्ष कर्मलाल परियारले जानकारी दिनुभयो ।

दलित समुदायको बाक्लो बस्ती रहेको रोल्पा नगरपालिकाको वडा नं. ६ मा जम्मा ८ सयमध्ये ३२० घरधुरी अर्थात ३९ प्रतिशतदलित समुदायको बसोबास छ । यहाँको ऐतिहासिकतालाई हेरी नमूना संग्रहालयका रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष परियारले बताउनुभयो ।

Facebook Comments