• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विभिन्न विद्यालयमा अनेरास्ववियूको भेला, मदन भण्डारी, ज्ञानसिन्धु र ग्रेट अरनिकोमा इकाइ गठन




नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष)निक अनेरास्ववियू दाङले संसद बिघठनविरुद्धको सचेतना तथा संगठन विस्तार अभियान जारी राखेको छ । सोही क्रममा आज विभिन्न विद्यालयमा भेला गरेको छ ।

जस अन्तरगत मदन भन्डारी टेक्निकल कलेज घोराहिमा बिन्दास ओलीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा कबिराज बुढा र प्रीयंका घर्तिमगर , सचिबमा सदिक्षा रोकाय , सहसचिबहरुमा दिपक ओली र राधा गुरुङ्ग र कोषाध्यक्षमा सृजना ओली , संगठन बिभाग प्रमुखमा दलबिर ओली र खेलकुद बिभाग प्रमुखमा दिपा खड्का रहनु भएको छ ।

भेलालाई अनेरास्ववियू दाङ्गका संयोजक जंग रोका , सचिवालय सदस्य डिभाइड शर्मा , खगेन्द्र घर्ती , सुबर्ण बिसि , जिल्ला सदस्यहरु सुनिल बुढा , तुफान घर्तीले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमम सन्चालन जिल्ला सदस्य मनिस पाण्डेले गर्नु भएको थियो ।

यसैगरी घोराहीको ज्ञानसिन्धु कलेज घोराहिमा शिशिर डागीको अध्यक्षतामा ३५ सदस्यीय नया कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा भरत शार्कि र अश्मिता नेपाली , सचिबमा बिरेन्द्र पुन , सहसचिवहरुमा रेखा सुनार र रुपा बुढा र कोषाध्यक्षमा माया केसि रहनु भएको छ ।

भेलालाई अनेरास्ववियूका केन्द्रिय सदस्य सन्तोश पोख्रेल , जिल्ला कार्यालय सदस्य एबम निर्बाचन क्षेत्र न २ का इन्चार्ज गिर बहादुर महरा , जिल्ला सचिवालय सदस्य हिमाल महरा , जिल्ला सदस्य तुफान घर्तीले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण अनेरास्ववियू दाङ्गका जिल्ला सदस्य शिशिर खडकाले गर्नु भएको थियो ।

यसैगरी ग्रेट अरनिको माद्यामिक बिद्यालय तुलसीपुरमा भएको भेला बाट देउचन ओलिको अध्यक्षतामा ३५ सदस्यीय नया कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा अञ्जु मल्ल ठकुरी ,सचिबमा जानकी बुढाथोकी ,सह-सचिवमा अनिता ओलि , कोषाध्यक्षमा तिलक बुढाथोकी , संगठन बिभाग प्रमुख माधब बस्नेत , अनुसासन बिभाग प्रमुख हृदय के सि , शैक्षिक बिभाग प्रमुख केशब घिमिरे ,खेलकुद बिभाग प्रमुख भरत रावत रहनु भएको छ ।

भेलालाई अनेरास्ववियूका नेता प्रकाश शर्मा , अनेरास्ववियू दाङ्गका सह संयोजक रबिन्द्र डांगीले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण अनेरास्ववियूका जिल्ला कार्यालय सदस्य रबिन ओलीले गर्नु भएको थियो ।

Facebook Comments