• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नयाँ विचार संश्लेषणको खाँचो




हामीहरूले आफ्नो विवेकलाई जहिले देखी प्रयोगमा ल्यायौँ. तब देखी नै हरेक प्रकारले संसारको ब्याख्या गर्दै आएका छौ। 21 औ शताब्दीमा आएर विज्ञान र प्रविधि,मानवजाती र उस्को उन्मुक्ति,वित्तीय पुँजी र सुचनाको विकास,भूमण्डलीकृत मजदूरी र उस्को चेतना,आणविक हतियारको विकास र प्रयोग,यातायात र विचार तथा नवउपनिवेश र स्वतन्त्रता आदी विषयहरुमा केन्द्रित हुने र सही संश्लेषण सहीतको विचार विना हाम्रा पाईला पाईलाहरुमा मालेमावादको विकास र प्रयोगमा अवरोधहरु आएको कुरा सत्य हो।

विशौ शताब्दीको क्रान्ति र प्रतिगमन तथा २/२ वटा विश्वयुद्ध ब्यहोर्नु परेको मानव समाजले स्वतन्त्रता पूर्वक बाँच्न पाईरहेको छैन।कसरी मानव जातिले उन्मुक्ति पाउन सक्छ भन्ने सवालको जवाफ पनी हाम्रा अग्रजहरुले सार्वजनिक गरिएको समय पनी धेरै भई सक्यो तर समय सापेक्षित प्रयोगमा आएका समस्याहरूका कारण आज सम्म हामीहरूले सास्ती भोगिरहेका छौं।

सिद्धान्तलाई जडसूत्रीय ढंगले बुझ्दै विघटनतिरको यात्रा पछ्याउनु या सृजनात्मकताको नाममा स्वईचछाचार कम्यूनिष्टहरूका लागी दुवै विषय विडम्बनाको रुपमा प्रयोग हुदै आईरहेका छन।

राज्यसत्ता विद्रोह मार्फत कब्जा र शान्तीपूर्ण रुपमा विघटन हुने जुन तरिका छ जसदेखि जनता आहात छन। अर्को कुरा यो हुन नदिई आफ्नो मातहतमा राख्न सक्ने संगठनात्मक विचार र विधी सत्तासीनहरुबाटै कीन प्रयोगमा आएन। हामीहरू निम्न केही विषयमा घोत्लिन जरुरी छ।

1) सबै सक्ती राज्यको मात्रहतमा हुने कुरालाई जनताको मातहतमा कसरी बनाउन सकीन्छ नयाँ ढंगले बहस उठान गर्ने।
2) आफूलाई उन्नत र कम्यूनिष्ट भन्न नछुटाउनेहरुले संगठनमै अर्कोलाई निषेध,बदनाम र गुटबन्दी गरेर हीडने तरिका कसरी बन्द गर्ने।
3) पार्टी र संगठनलाई लक्षित वर्गको भविष्यका रुपमा वनाउन कीन सकीयन।
4) किन 21औ शताब्दीमा कम्यूनिष्टहरू जनताबाट अलग थलग भयका छन।
5) जनसेवा र विकासका लागि आधारभुत मापदण्ड कसरी निर्धारण गर्ने।

यी कुराहरुको राजनैतिक,दार्शनिक,सांगठानिक,आर्थिक र सांस्कृतिक हिसावले जवाफ दिन नसक्नु यो शताब्दीको विचारधारात्मक समस्या हो। समग्र विचारको संश्लेषण वीना सही जवाफ असम्भव छ । यही घेरामा संसार गोलचक्करमै छ।यो गोलचक्करबाट संसार र नेपाललाई मुक्त गराउन सके हाम्रो भविष्य उज्ज्वल छ।
(बबइ ४ हापुरे निवासी लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का लुम्बिनी प्रदेश सदस्य हुनुहुन्छ)

Facebook Comments