दाङमा कालो बेलुन उठाएर संसद बिघठनको बिरोध गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिकरुपमा संसद बिघठन गरेपछि आन्दोलन गरिरहेको राष्ट्रिय युवा संघले दाङमा कालो बेलुन उडाएर बिरोध गरेको जनाएको छ ।
संगठनका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सरोज पन्तले प्रतिगमनको बिरोधमा कालो बेलुन उडाइएको बताउनुभयो । ती बेलुनको साथमा प्रतिगमन मूर्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावादलगायतका नारा लेखिएका पम्पलेट पनि उडाइएको उहाँले जानकारी दिनुभयो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।