• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘हामी रुन्टीगढीलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने अभियानमा छौं’




स्थानीय सरकार गठन भएको पनि ३ वर्ष बितिसकेको छ । यो अवधिसम्म आउँदा स्थानीय तहहरुले गरेका विकास निर्माण लगायत समग्र सबै विषयवस्तुको आधारमा रहेर रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढासँग सिस्ने अनलाइनका प्रबन्ध–सम्पादक जंगबहादुर रेउलेले संक्षिप्त कुराकानी गर्नुभएको छ ।

सिस्ने अनलाइनमा यहाँलाई हार्दिक स्वागत छ ?

–धन्यवाद । लुम्बिनी र कर्णाली प्रदेशको स्थापित अनलाइनमार्फत आफ्नो भनाइ राख्न समय दिएकोमा ।

स्थानीय सरकार गठन भएको पनि ३ वर्ष बितिसक्यो । यो अवधिसम्म के–कस्ता कामहरु गर्नुभयो ?

–जनताको अपेक्षा अनुसार काम गरिरहेका छौं । पहिलो समयमा जनताका इच्छा र चाहना अनुरुप विकासका कार्यमा गति दिइरहेका छौं ।

आगामी योजनाहरु के–के हुन् ?

–हामीले जनताको म्यान्डेट अनुसार काम गर्ने हो । घोषणा पत्रमा पुरा नभएका जुन विकासका कार्यक्रमहरु छन् , त्यसलाई पुरा गर्नको लागि हाम्रो विकास कार्यक्रमहरु जारी रहने छ ।

यी यस्ता योजनाहरु तपाईको कार्यकालभित्र सम्पन्न हुन्छन् त ?
–विकासका कार्यक्रमहरु जुन जनताले सोच अनुरुप छन् । त्यो हाम्रो कार्यकालभित्र गर्ने प्रयास जारी छ । तर, विकासका कार्यक्रमहरु निरन्तर जारी रहने भएकोले र समय परिवर्तनशील भएकोले हाम्रा प्रयास हाम्रै समयमा विकासको गतिले फड्को मार्ने सोचाई हो ।

चुनावको बेलामा जनतासँग गरिएको चुनावी एजेण्डा कत्तिको लागु गराउनु भयो ? के तपाईकै कार्यकालमा चुनावी एजेण्डाहरु लागु गराउन सम्भव छ ?

–होइन, करिब हाम्रो जुन चुनावी घोषणा पत्रमा विकासका कार्यक्रमहरु थिए । त्यही अनुसार हामीले जनताको म्यान्डेट र चुनावी घोषणा पत्र अनुरुप काम गरिरहेका छौं । मैले पहिले भनिसकेको छु । विकास निरन्तर छ । यो चलिरहन्छ । हामी जनताको इच्छा अनुसार विकासका कार्यक्रमहरु गर्न निरन्तर तत्पर छौं ।

यो पालिकामा कर्मचारी भर्ना तथा छनोट गर्दा आफन्तहरुलाई मात्र नियुक्ती दिने गरिएको भन्ने जनगुनासो सुनिन्छ । के यो सत्य हो ?

–होइन त्यसो होइन, यो गुनासो चाही निराधार मात्र हो । हामीले पालिकामा कर्मचारी भर्ना गर्दा नीति, विधि र पद्धतिमा रही पालिकाले कार्यसम्पादनको लागि शैक्षिक योग्यता पुगेका दक्ष नागरिकहरुलाई प्रतिस्पर्धा गराइएको छ ।

रुन्टीगढी गाउँपालिका धार्मिक तथा पर्यटन क्षेत्रसँग जोडिएको महत्वपूर्ण अङ्गको रुपमा पनि चिनिन्छ । तसर्थ पर्यटन क्षेत्रलाई संरक्षण तथा सम्बद्र्धनका लागि पालिकाको भूमिका कस्तो रहेको छ ?

–रुन्टीगढी गाउँपालिका आफै पर्यटन क्षेत्रमा महत्वपूर्ण छ । यहाँका पर्यटकीय क्षेत्रहरुको संरक्षण तथा सम्वद्र्धन गर्नका लागि पालिकाले विभिन्न प्रर्वधनात्मक संरक्षणको लागि विभिन्न क्रियाकपालहरु गरेको छ । जस्तै शिवपार्वती गुफा, गढीलेख, रुन्टी क्षेत्रमा पर्यटकहरुको लागि बाटो निर्माण, मुरुल्ले लेकमा मन्दिर निर्माणका लागि केही बजेट छुट्याइएको छ । अहिले त्यही बजेट र स्थानीय समुदायको श्रमबाट मुरुल्ले लेकमा नमुनायोग्य काठैकाठको मन्दिर तयार पारिएको छ । यस्तै प्रचारात्मक कार्यक्रम अन्तर्गत विकास सम्मेलन, मिडिया सम्मेलन लगायतका राष्ट्रियस्तरका कार्यक्रमहरु सम्पन्न गरेका छौं । पर्यटनसँग जोडिएका अन्य क्रियाकलापहरु पनि निरन्तर चलिरहेको छ ।

पालिकाको समग्र विकासको प्रगति विवरण कस्तो छ ?
–पालिकाको समग्र प्रगति विवरण सन्तोषजनक छ ।

योबाहेक सिर्जनात्मक तथा रचनात्मक खालका के–के कामहरु गर्नुभयो ?

–हामीले पालिका मार्फत रुन्टीगढी विकास सम्मेलन, राष्ट्रिय अक्षर महोत्सव, राष्ट्रिय मिडिया सम्मेलन गुराँश गार्डेन संरक्षण क्षेत्रको घोषणा जस्ता सिर्जनात्मक कार्यहरु गरेका छौं । साथै अभिभावकसँग अध्यक्ष भेटघाट कार्यक्रम, उपाध्यक्षसँग सुन्य होम डेलिभरी कार्यक्रम लगायत थुप्रै प्रत्यक्ष जनतासँग जोडिएका रचनात्मक क्रियाकलापहरु गरेका छौं ।

अन्तमा केही भन्नु छ ?
अन्तमा २०७४ सालदेखि जनतासँग गरिएको कामको बारेमा उल्लेख गर्ने मौका दिनुभएकोमा पुनः धन्यवाद ।

Facebook Comments