• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मृगौलापीडित पुनलाई दुइ लाख पाँच हजार सहयोग




घोराही उपमहानगरपालिका वडा नम्बर १९ रालबाङ निवासी मृगौलापीडित नीमबहादुर पुनलाई दुई लाख पाँच हजार सहयोग गरिएको छ ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा नियमित डाइलोसिस गराउँदै आउनुभएको पुनको उपचारका लागि युवा नेता ज्ञानबहादुर रायमाझी र भारतीय सेनामा कार्यरत गिरु रोकामार्फत अहिलेसम्म उठेको दुई लाख पाँच सहयोग हस्तान्तरण गरिएको वडा सदस्य जंग रोकाले जानकारी दिनुभयो ।

रायमाझी र गिरु रोकाकी जीवन संगीनि उषा रोकाले सो रकमा हस्तान्तरण गर्नुभएको हो । यस्तो मानवीय कर्ममा लाग्ने रायमाझी र पुनसहित सबै सहयोगलाई वडा सदस्य रोकाले धन्यवाद दिनुभएको छ ।

अन्य सहयोगीलाई पनि उहाँले सहयोगका लागि आग्रह गर्नुभएको छ ।

Facebook Comments