• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाद्वारा गिरफ्तारीको बिरोधमा तुलसीपुरमा प्रदर्शन




हेमन्त प्रकाश वली

नेत्रविक्रम चन्द ‘नेतृत्व’को नेपाल कम्युनिस्ट पार्टीले केन्द्रिय कार्यक्रम अनुसार आज तुल्सिपुरमा बिरोध र्याली सम्पन्न गरेको छ।

पुस २९ गते पार्टीका केन्द्रिय सचिबालय सदस्य धर्मेन्द्र बास्तोला कन्चन लगाएत ब्युरो सदस्यहरु बिबेक र बिशालको गिरफ्तारीको बिरोधमा कार्यक्रम सम्पन्न गरेको हो।

बिरोध र्यालिको पछिको सभालाइ युबा नेता शरदले संचालन गरेका थिए भने कार्यक्रममा मन्तब्य तुल्सिपुर नगर इन्चार्ज नबिनले राखेका थिए । कार्यक्रममा मन्तब्य राख्दै नबिनले भ्रस्टाचार,दलाली,तस्करी,कमिसनखोरी,रास्ट्रघातका विरुद्ध घर्ष गरिरहेको पार्टीका नेता कार्यकर्ता गिरफ्तार गर्नु,जेल हाल्नु,हिरासतमा निर्मम यातना दिनु निरङकुस,तानाशाही एबम फासिबादी कदम भएको भन्दै त्यसको बिरोध गरेका थिए।

नेता कार्यकर्तामाथिको दमन बन्द गर्न र गिरफ्तारिमा परेका सम्पुर्ण राजबन्दिहरुको स(सम्मान रिहाइ गर्न माग गरेका थिए भने सरकारले थप दमन गरे पार्टीले कडा संघर्ष गर्ने चेतावनी समेत दिए।

Facebook Comments