• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङका झण्डै छ सय युवा नेकपामा प्रवेश (भिडियोसहित)




दाङका विभिन्न स्थानका झण्डै छ सय युवा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । तुलसीपुरका युवा हरिश गिरीको नेतृत्वमा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

युवाहरुलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य युवराज ज्ञवाली, स्थायी समिति सदस्य बर्षमान पुनलगायतले प्रवेश गराउनुभएको थियो ।

प्रवेश गर्ने विभिन्न क्षेत्रका युवाहरुको नेतृत्व निर्मल डाँगी, हरि बिक, उद्धव शाह, रविन खाती, हरि डाँगी, लक्ष्मण ओली, घमण्ड बिक, समीर शाह, लिस्टे मगर, सागर चौधरी, सुनिल कवरलगायतले गरेको प्रवेशी युवाहरुका टोली नेता गिरीले जानकारी दिनुभयो ।

सो क्रममा बोल्दै गिरीले युवाहरु राजनीतिभन्दा बाहिर रहने वा चासो नदिने गर्दा राजनीतिले सिर्जनशील नेतृत्व पाउन नसकेको उल्लेख गर्दै युवाहरुको हस्तक्षेपूर्ण सहभागिताका लागि आफूहरु प्रवेश गरेको बताउनुभयो ।

पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले युवाहरुलाई उत्साहलाई सम्मान गर्दै क्षमताअनुसार जिम्मेवारी दिने बताउनुभयो । अहिले देश र ब्यवस्था नै संकटमा परेकाले संविधानको रक्षाका लागि संघर्ष गर्न युवाहरुलाई आव्हान गर्दै उहाँले राजनीतिक संघर्षपछि उत्पादन र सिर्जनशील काममा योजनाबद्धरुपमा लाग्नुपर्ने बताउनुभयो ।

Facebook Comments