• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुथाउत्तरगंगा गाउँपालिकामा खुल्ला पुरुष डबल ब्याडमिन्टन




रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकामा खुल्ला पुरुष डबल ब्याडमिन्टन खेल सम्पन्न भएकाे छ ।

मगरहरुकाे महान पर्व माघे सक्रान्तिकाे उपलक्ष्यमा के अार सी काेलकाे अायाेजनामा माघ २ गते देखि भएकाे ब्याडमिन्टन खेल माघ ३ गते सम्पन्न भएकाे हाे ।

ब्याडमिन्टन खेल्न रुकुम पूर्व र रुकुम पश्चिम गरि १८ टिमकाे सहभागी रहेकाे के अार सी क्लव काेलका अध्यक्ष जलन पुनले बताउनु भयाे । अध्यक्ष पुनका अनुसार सहभागी टिम मध्यबाट रुकुम पश्चिमका बिस्नु रेउले र गाेपाल कठायतकाे जाेडी प्रथम स्थान हासिल गरि नगत रु २१ हजार र प्रमाणपत्र त्यस्तै रुकुम पश्चिमका चेतन पुन र प्रसान्त महताराकाे जाेडी द्वितीय स्थान हासिल गरि नगत रु ११ हजार र प्रमाणपत्र, रुकुम पूर्व टाकुराका छबिलाल घर्ती र नवराज शाह तृतीय स्थान हासिल गरि नगत रु ६ हजार र प्रमाणपत्र र जि.प्र. का. रुकुम पूर्वका बिस्नु के सी र रामकुमार चाैधरीकाे जाेडीले सान्त्वना स्थान हासिल गरि प्रमाणपत्र प्राप्त गरेका थिए । ब्याडमिन्टन खेलका बिजेता जाेडीलाई पगरी सहित पुरुस्कार बितरण गरिएकाे थियाे ।

के अार सी क्लवकाेलले अायाेजना गरेकाे खुल्ला पुरुष ब्याडमिन्टन खेलकाे द्वितीय पुरुस्कारकाे साैजन्य एभरेष्ट वाएरलेस नेटवर्क रुकुम पूर्वका रिसेलर तथा पुथाउत्तरगंगा गाउँपालिकाका स्वास्थ्य प्रमुख समीर गिरीले गर्नुभएकाे थियाे ।

पुरुस्कार बितरण कार्यक्रममा पुथाउत्तरगंगा गाउपालिका वडा नं.१२ का वडा अध्यक्ष गंगाबहादुर पुन प्रमुख अथिती र अस्थाई प्रहरी पाेष्तका कार्यलय प्रमुख गणेश बहादुर बि. क.काे विशेष अथितीमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

Facebook Comments