• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा दाङको कार्यकर्ता भेला तुलसीपुरमा, नेपाल र श्रेष्ठलगायतका नेताहरु आउने




नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष)ले दाङको तुलसीपुरमा वृहत कार्यकर्ता भेला गर्ने भएको छ ।

माघ ३ गते शनिवार वृहत कार्यकर्ता भेला राखिएको नेकपा दाङले जनाएको छ । अध्यक्ष टीकाराम खड्का र सचिव तुलसीराम पुन ‘सुवास’ले विज्ञप्ति जारी गरी सो जानकारी दिनुभएको हो ।

पार्टी जिल्ला समितिको आयोजनामा हुने कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरिएको छ । कार्यकर्ता भेलालाई सम्बोधन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल आउनुहुने भएको छ ।

त्यस्तै सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्यहरु कृष्णबहादुर महरा, युवराज ज्ञवालीलगायत नेताहरु आउने विज्ञप्तिमा उल्लेख छ । तुलसीपुर उपमहानगरपालिका ९ दोघरेस्थित उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम हुने विज्ञप्तिमा जनाइएको छ ।

Facebook Comments